इटहरी : उदयपुरको निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पारसमणि गेलाल निर्वाचित भएका छन् ।
गेलालले ३० हजार ५९० मत प्राप्त गरी निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्दी श्रम संस्कृति पार्टीका उम्मेदवार राजेशकुमार राईकोले ११ हजार ६०६ मत प्राप्त गरे । उनीहरूबीचेका मतान्तर १८ हजार ९८४ रहेको छ ।
नेपाली कम्युनिस्ट पार्टीका बलदेव चौधरीले १० हजार २१ मत प्राप्त गर्दै तेस्रो हुँदा नेपाली कांग्रेसका बिदुर बस्नेतले ९ हजार ६७५ मत प्राप्त गरे ।
नेकपा एमालेका उम्मेदवार दुर्गाकुमार थापाको ९ हजार २०६ रहेको छ । सो निर्वाचन क्षेत्रमा यसअघि कांग्रेसका डा. नारायण खड्का निर्वाचित भएका थिए ।














Discussion about this post