इटहरी : सुनसरी क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लालविक्रम थापा निर्वाचित भएका छन् ।
उनले ५७ हजार ३४८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत प्राप्त गरे ।
यसैगरी नेकपा एमालेका सुजन लामाले ८ हजार ३०३ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका उम्मेदवार चेतन राईले ७ हजार ४८४ मत प्राप्त गरे । नेकपाबाट उम्मेदवार बनेकी रामकुमारी चौधरी १ हजार ८१६ मतमा सीमित भइन् ।
०७९ को निर्वाचनमा यस क्षेत्रमा एमालेका भीमप्रसाद आचार्य निर्वाचित भएका थिए ।
सुनसरी २ मा कुल १ लाख ५८ हजार ९१० मतदातामध्ये १ लाख १ हजार ४ मत खसेको थियो ।
कसको कति मत ?















Discussion about this post