इलाम : इलाम–१ मा नेपाली कांग्रेसका निस्कल राई निर्वाचित भएका छन्।
राईले १४ हजार ५४३ मत प्राप्त गरेर विजयी भएका हुन्। श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले १३ हजार ६३२ मत प्राप्त गरे।
एमाले उम्मेदवार काजीमान कागतेले ११ हजार ९६६ मत पाएर तेस्रो स्थानमा रहे। राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १६०, नेपाली कम्युनिस्ट पार्टीका रनबहादुर राईले ७ हजार ६६५ मत पाएर पाँचौँ भए।
श्रम संस्कृति पार्टी र नेकपा एमालेका उम्मेदवारसँग भएको रोचक प्रतिस्पर्धामा कांग्रेस उम्मेदवार राई विजयी भएका हुन्।
खासगरी यस क्षेत्रमा एमालेले निर्वाचन जित्दै आएको थियो। यसअघि वि.सं. २०५६ सालमा नेपाली कांग्रेसका बेनुपराज प्रसाईंले उक्त क्षेत्रमा जित हासिल गरेका थिए। त्यसयता अहिलेसम्म एमालेले निर्वाचन जित्दै आएको हो।
निर्वाचित राई नेपाली कांग्रेस इलाम–१ प्रदेश ‘ख’ का क्षेत्रीय सभापतिका रूपमा सक्रिय छन्। उनी युवाको सहभागिता, स्थानीय विकास र सामाजिक अभियानमा निरन्तर सक्रिय रहँदै आएका छन्।














Discussion about this post