Saturday, April 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

१२ बिघा जमिनमा मिश्रित खेती, २७ प्रजातिका नगदेबाली

रासस by रासस
बैशाख १, २०८३
in समाचार
0
१२ बिघा जमिनमा मिश्रित खेती, २७ प्रजातिका नगदेबाली
57
SHARES
Share on FacebookShare on Twitter

झापा : मेचीनगर नगरपालिका-४ बाहुनडाँगीका किसान रवि नेपालले एउटै जमिनमा २७ प्रजातिका नगदेबाली लगाएर आधुनिक मिश्रित खेतीका लागि उदाहरण बनेका छन् ।

विगत १३ वर्षदेखि व्यावसायिक कृषिमा होमिएका उनले १२ बिघा जमिनको हरेक कुनालाई उत्पादनसँग जोडेर मिश्रित नमुनाखेती गरेका हुन् ।

चियाखेतीबाट कृषियात्रा सुरु गरेको नेपालले अहिले एउटै जमिनमा चिया, रबर, अगरउड, अमला, कटहर, तेजपत्तालगायत दर्जनौँ नगदेबालीलाई एकसाथ हुर्काइरहेका छन् । उनले पहिलो चरणमा चिया रोपेको र चिया बगानभित्र मिश्रित नगदेबाली हुर्काएको बताए।

चियाले तीन वर्ष, अमलाले पाँच वर्ष, कटहरले चार वर्ष, रबरले पाँचौँ वर्ष र तेजपत्ताले तेस्रो वर्षदेखि उत्पादन दिइरहेका नेपालले जानकारी दिए ।

“सुरुमा लगानी र मेहनत बढी हुन्छ, खनजोतदेखि गोडमेल र बिरुवा हुर्काउन समय लाग्छ”, उनले भने, “तीन वर्षपछि प्रतिफल दिन सुरु हुन्छ र सात वर्ष पुग्दा सबै बालीले आय दिन थाल्छन् ।” उनका अनुसार अहिले बगानमा २७ प्रजातिका नगदेबाली छन्।

औषधीय गुण भएका अर्जुन, मोरिङ्गा, रुद्राक्षदेखि दैनिक भान्सामा चाहिने दालचिनी र कागतीसम्मले उत्पादन दिइरहेका नेपालीले जानकारी दिए । उनको खेती गर्ने शैली नौलो र लोभलाग्दो छ । ठुलो सुपारी बगानभित्र मरिचको लहलह खेती छ । मरिचका लहरा सुपारीकै बोटमा आश्रित भएर फलेका छन्।

पछिल्लो समय उनले चिया बगानभित्र एउटा नयाँ प्रयोगका रूपमा नरिवलखेती सुरु गरेका छन् । कृषि विज्ञहरूको सल्लाहमा उनले चिया बगानभित्र दुई/दुई बुट्टा हटाएर नरिवलका बिरुवा रोप्न थालेको बताए।

“चिया बगानभित्र घुसुवा बालीका रूपमा नरिवलखेतीको यो पहिलो प्रयोग हो । यसले झापाको कृषि पर्यटन र उत्पादनमा नयाँ आयाम थप्ने विश्वास छ”, उनले भने।

बाहुनडाँगी क्षेत्रका किसान हात्ती, चितुवा, बाँदरलगायत जङ्गली वन्यजन्तुका कारण प्रभावित छन् । चिया र नरिवलजस्ता बालीलाई हात्ती र बाँदरले खासै क्षति नपुर्‍याउने भएकाले यसलाई वैकल्पिक खेतीका रूपमा किसानले उपयोग गर्दै आएका नेपालको भनाइ छ।

माटो परीक्षणले पनि पूर्वपश्चिम राजमार्गको बाहुनगाँडी, शनिश्चरे, बुधबारेलगायत क्षेत्रमा नरिवलखेती उपयुक्त देखिएको नेपालले जानकारी दिए । एउटै नरिवलको बोटबाट वार्षिक रु १७ देखि १८ हजारसम्म आम्दानी हुने उनको भनाइ छ।

उनले गत वर्षदेखि सुपारी बगानभित्र नरिवल रोप्न सुरु गरेका हुन् । “एक हजार बोट रोप्ने योजना छ, गत वर्ष ३०० बिरुवा रोपेँ”, नेपालले भने, “यसवर्ष ७०० बिरुवा रोप्छु ।” नरिवलको पानीका लागि फल काँचैमा बिक्री हुने भएकाले बजार अभाव नहुने उनको बुझाइ छ । बजारमा नरिवलभित्रको पानीका माग बढ्दै गएको उनले बताए।

उनको १३ वर्षको मिश्रितखेतीको अनुभवमा नगदेबालीको उत्पादनमा बजारको कुनै समस्या छैन । सुपारी र तेजपत्ता बोटबाटै बिक्री हुन्छन् भने झापामा चिया र रबर प्रशोधनका प्रशस्त उद्योग खुलिसकेका छन् ।

“बजार खोज्नु र पहिल्याउन चासो दिनुपर्छ, बारीमा उत्पादन गरेर घरमा उपरखुट्टी लगाएर बसेर मात्र हुँदैन”, नेपालले भने, “एक बिघा जमिनमा व्यवस्थित मिश्रितखेती गर्ने हो भने वार्षिक रु आठदेखि नौ लाख सहजै कमाउन सकिन्छ ।”

आफ्नै माटोमा पसिना बगाउने हो भने पैसा कमाउन युरोप वा अमेरिका धाउनु नपर्ने उदाहरण उहाँको सफल कृषि कर्म बनेको छ । उहाँले युवापुस्तालाई मिश्रित खेतीप्रति आकर्षित गर्न राज्यले प्रोत्साहनको नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए।

“तीन महिनामा कमाउनेलाई तरकारी, छ महिनामा चाहनेलाई अन्न र एक वर्ष कुर्नेलाई जडीबुटी ठिक छ”, खेतीबाट हुने आम्दानीका बारेमा जानकारी दिँदै उनले भने, “तर, तीन-चार वर्ष धैर्य गरेर मिश्रितखेती गर्ने हो भने यसले ५० वर्षसम्म निरन्तर आम्दानी दिइरहन्छ ।”

Tags: #झापा#रासस
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित
भिजिट नेपाल

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

by रासस
बैशाख ५, २०८३
0

ताप्लेजुङ : जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ । मौसम अनुकूल बन्दै जाँदा...

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 
FEATURE BREAKING

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

इटहरी : सुनसरीको दुहबीबाट उत्पादन हुँदै आएको ‘गुडलाइफ’ ब्रान्डअन्तर्गतको ‘डाइजेस्टिभ नट्स’ बिस्कुटमा रौँ भेटिएको छ । जसकारण नियामक निकायले उद्योगलाई २...

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

बैशाख ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

बैशाख ५, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा काँचो केरासहित चार जना नियन्त्रणमा

बैशाख ५, २०८३
इटहरी गोल्डकप : मछिन्द्रलाई पराजित गर्दै युवा समाज फाइनलमा

इटहरी गोल्डकप : मछिन्द्रलाई पराजित गर्दै युवा समाज फाइनलमा

बैशाख ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३
बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बैशाख ५, २०८३
विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

बैशाख ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

बैशाख ५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1250 shares
    Share 500 Tweet 313
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    464 shares
    Share 186 Tweet 116
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन