प्रदेश १ मा आज थप ७९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सङ्क्रमित हुनेमा मोरङमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिरका ६ जनामा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ३८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १३ महिला र २५ पुरुष छन् । कटहरीमा ५ महिला ३ पुरुष, बुढीगंगामा ५, रंगेलीमा ४, जहदा र सुन्दरहरैँचामा १–१ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।
यता, सुनसरीको दुहवीमा ३ महिला ४ पुरुष, बर्जुमा १ महिला, स्थानीय तह नखुलेका २ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
यस्तै, झापाको अर्जुनधारामा ३ पुरुष, कन्काईमा १ महिला, पाँचथरको फिदिमका एक पुरुष, प्रदेश १ बाहिरका ४ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या ५ हजार ५७४ पुगेको छ ।














Discussion about this post