Monday, May 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

खोटाङ : ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जायमान माझकिरात बन्यो बस्ती

रासस by रासस
बैशाख २१, २०८३
in विविध, समाचार
0
खोटाङ : ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जायमान माझकिरात बन्यो बस्ती
52
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८ गतेदेखि देश तथा विदेशमा एकसाथ सुरु भएको छ ।

माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले वैशाख पूर्णिमादेखि महिना दिनसम्म साकेला उँभौली चाड हर्षोउल्लासका साथ मनाउने गर्छन् ।

साकेला उँभौली चाडको अवसर पारेर किरात समुदायले आफ्नो समुदायको ऐतिहासिकतासँग जोडिएका ठाउँ तथा पर्यटकीयस्थलमा पूजाआजासहित साकेला सिली प्रदर्शन गरिरहेका छन् ।

किरात समुदायको उद्गमस्थल मानिने हलेसी तुवाचुङ नगरपालिकाको तुवाचुङ–जायाजुङका साथै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मझुवागढी, रुपाकोटगढी, पञ्चदोबाटो र मेरुङ, जन्तेढुङ्गाको गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खा, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङ, रोक्सिमभञ्ज्याङलगायत साकेला थानमा पूजाआजासँगै बृहत् साकेल सिली प्रदर्शन गर्ने चलन छ ।

साकेला उँभौली चाडको पहिलो दिन जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको किरात ऐतिहासिकस्थल मझुवागढी तथा बुइपास्थित यलम्बर पार्क (उद्यान) मा साकेला सिली प्रदर्शन कार्यक्रम आयोजना गरिएको थियो ।

बुइपास्थित पञ्चदोबाटोमा स्थापना गरिएको प्रथम किराती राजा यलम्बरको ११० फिट अग्लो शालिकसहितको उद्यानमा पहिलो पटक साकेला सिली प्रदर्शन गरिएको हो ।

किरात ऐतिहासिकस्थल पञ्चदोबाटोमा निर्माण गरिएको यलम्बर उद्यानमा आयोजना गरिएको साकेला सिली प्रदर्शनीमा युवायुवतीको उल्लेख्य सहभागिता रहेको थियो ।

श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ)को प्रमुख आतिथ्यतामा भएको साकेला सिली प्रदर्शनीमा हजारौँको सहभागिता रहेको थियो ।

किरात समुदायले वर्षको दुई पटक मनाउने साकेला चाडअन्तर्गत उँभौलीमा ‘अन्नबाली सप्रियोस्, रोगव्याधी नलागोस् र प्राकृतिक विपत्ति नआओस्’ भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । भूमि तथा तीन चुल्हाको पूजामा कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङले रङ्ग्याएको चामल प्रयोग गरिन्छ ।

उँभौली र उँधौलीमा किरात राईका प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला नाच्ने गरिन्छ ।

उँभौलीको अवसर पारेर आयोजना गरिने साकेला सिली प्रदर्शनीका कारण जिल्लाका किरात गाउँबस्ती अहिले ढोलझ्याम्टा र साकेला गीतले गुञ्जायमान बनेका छन् ।

छितको गुन्यू, मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपीलगायत किराती मौलिक भेषभूषामा सजिएर हरेक किरात राईहरूको घरघरमा नाच्दै तथा साकेला गीत गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदाय मात्र नभई गैर किरात समुदायका युवायुवतीसमेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन् ।

चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोलरझ्याम्टाको तालमा सुम्निमा र पारुहाङ (किराती पुर्खाहरू)ले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ साकेला चाड मनाउने गरिएको छ ।

उँभौली र उँधौलीको अवसरमा किरात समुदायले मात्र नभई सबै जातजाति तथा धर्मका समुदायले साकेला सिली नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृतिका रूपमा विकास भएको किरात राई यायोक्खा खोटाङका जिल्ला अध्यक्ष युगशन किरातले बताए ।

“साकेला चाडमा विशेष गरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । यो चाडलाई किरात समुदायले विशेष चाडको रूपमा मनाउँछन्”, उनले भने, “साकेला चाडले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्न भूमिका खेल्ने गरेको छ । पछिल्लो समय साकेला चाड सबैको साझा चाड बन्दै भएको छ ।”

साकेला उँभौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामका साथ मनाउने गरिएको छ । अन्नबाली लगाउने समय अर्थात् वैशाख पूर्णीदेखि उँभौली र अन्न भित्र्याउने बेला अर्थात् मङ्सिरे पूर्णिमादेखि उधौली चाड मनाउने चलन छ ।

साकेला चाडको अवसर पारेर पराइघर गएका छोरीचेलीहरु माइतीघर आउने र सुख दुःखका कुरा साटासाट गर्दै आपसमा शुभकामना आदानप्रदान गर्ने चलनसमेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका दिलकुमार राईले जानकारी दिए ।

यो चाडमा रोजगारी तथा अध्ययनको सिलसिलामा सहर बजारमा बसोबास गर्दै आएका आफन्तहरुसमेत पुर्ख्यौली घर फर्किएर साकेला मनाउने गर्छन् ।

हुल (समूह) मा नाचिने साकेला सिली टोलीलाई टोलटोलमा किराती मिष्टान्न परिकारसहित स्वागत तथा सत्कार गर्ने चलन छ । साकेला उँभौली र उधौली चाड किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रूपमा उँभौली महिना दिन तथा उधौलीमा १५ दिनसम्म मान्ने गरेका छन् ।

Tags: #खोटाङ#रासससाकेला
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

आज देशभरका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना
FEATURE BREAKING

कोशी प्रदेशमा सर्‍यो हावाहुरी र चट्याङसहितको वर्षा

by टाकुरा न्यूज । इटहरी
बैशाख २१, २०८३
0

इटहरी : काठमाडौँ उपत्यकासहित विभिन्न ठाउँमा भइरहेको हावाहुरी र चट्याङसहितको वर्षा गराउने प्रणाली कोशी प्रदेशतर्फ सरेको मौसम विभागले जनाएको छ। मौसम...

सुनसरी-२ का प्रतिनिधिसभा सदस्य थापा भन्छन्, ‘डोजरले भत्काउँदा संरचनासँगै प्रतिष्ठा पनि भत्किन सक्छ’
FEATURE BREAKING

सुनसरी-२ का प्रतिनिधिसभा सदस्य थापा भन्छन्, ‘डोजरले भत्काउँदा संरचनासँगै प्रतिष्ठा पनि भत्किन सक्छ’

by टाकुरा न्यूज । इटहरी
बैशाख २१, २०८३
0

इटहरी : सुनसरी क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले बाढी तथा डुबानको समस्या रोक्न पानीको प्राकृतिक बहाव अवरुद्ध...

भोजपुरमा ६२२ केजी गाँजा बरामद

भोजपुरमा ६२२ केजी गाँजा बरामद

बैशाख २१, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

मेची : ६ वटा छोटी भन्सारमध्ये एउटा मात्र सञ्चालन

बैशाख २१, २०८३
करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते

मोरङमा करेन्ट लागेर एक महिलाको निधन

बैशाख २१, २०८३
पानीको स्रोत संरक्षणमा जुट्यो इलामको फाकफोकथुम गाउँपालिका

पानीको स्रोत संरक्षणमा जुट्यो इलामको फाकफोकथुम गाउँपालिका

बैशाख २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आज देशभरका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना

कोशी प्रदेशमा सर्‍यो हावाहुरी र चट्याङसहितको वर्षा

बैशाख २१, २०८३
सुनसरी-२ का प्रतिनिधिसभा सदस्य थापा भन्छन्, ‘डोजरले भत्काउँदा संरचनासँगै प्रतिष्ठा पनि भत्किन सक्छ’

सुनसरी-२ का प्रतिनिधिसभा सदस्य थापा भन्छन्, ‘डोजरले भत्काउँदा संरचनासँगै प्रतिष्ठा पनि भत्किन सक्छ’

बैशाख २१, २०८३
भोजपुरमा ६२२ केजी गाँजा बरामद

भोजपुरमा ६२२ केजी गाँजा बरामद

बैशाख २१, २०८३
मेची भन्सार : ११ महिनामा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

मेची : ६ वटा छोटी भन्सारमध्ये एउटा मात्र सञ्चालन

बैशाख २१, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1548 shares
    Share 619 Tweet 387
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    650 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    619 shares
    Share 248 Tweet 155
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    388 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.