इटहरी : इटहरी १७ मा रहेको जनजागृति माध्यमिक विद्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा शतप्रतिशत नतिजा हासिल गर्दै उत्कृष्ट सफलता प्राप्त गरेको छ।
मुसहर समुदायको बस्तीमा अवस्थित विद्यालयले सीमित स्रोत–साधनका बीच उक्त नतिजा हासिल गरेको हो।
२० जना विद्यार्थी रहेका थिए भने मुसहर समुदायका विद्यार्थी पनि उपस्थित थिए। विद्यालयबाट सहभागी सबै विद्यार्थी परीक्षामा सफल भएको विद्यालयले जनाएको छ।
त्यसमध्ये धेरै विद्यार्थीहरूले उत्कृष्ट नतिजा प्राप्त गर्दै विद्यालयको गौरव थप उचो बनाएका छन्। विद्यालय प्रशासनका अनुसार विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको निरन्तर समर्पण र अभिभावकहरूको साथ–सहयोगका कारण यस्तो ऐतिहासिक सफलता सम्भव भएको हो।
विद्यालय व्यवस्थापन समितिले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै अझ उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता जनाएको छ।














Discussion about this post