सुनसरीमा ७६ जना सहित प्रदेश १ मा आज थप १ सय ६६ कोरोना संक्रमित थपिएका छन् ।
सुनसरीमा ७६, मोरंगमा ५६, झापामा २४, संखुवासभामा ३, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १९ महिला र १५ पुरुष छन् । सुनसरीकै दुहवीमा ८ महिला १२ पुरुष, इटहरीमा ८ महिला १२ पुरुष, रामधुनीमा २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
मोरंगको बुढीगंगामा ८ महिला १५ पुरुष, विराटनगरमा ११ महिला १० पुरुष, बेलबारीमा ५ महिला ३ पुरुष, रंगेलीमा २ ,जहदामा १ पुरुष, पथरीशनिश्चरेमा १ महिला, झापाको दमकमा ७ महिला ९ पुरुष, मेचीनगरमा २ महिला १ पुरुष, भद्रपुरमा २ पुरुष, अर्जुनधारामा १ पुरुष, कमलगाउँपालिका र स्थानीय तह नखुलेका १–१ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै, संखुवासभाको खाँदबारीमा २ र सभापोखरीमा १ पुरुष, ते¥हथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ८५९ पुगेको छ । त्यस्तै, प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५९१ पुगेको छ ।














Discussion about this post