Monday, May 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भोजपुर : किवी खेतीलाई प्राथमिकतामा राख्दै किसानलाई प्रोत्साहन

रासस by रासस
जेष्ठ ४, २०८३
in समाचार
0
भोजपुरका कृषक व्यवसायिक किवी खेतीतर्फ आकर्षित

सांकेतिक तस्वीर ।

49
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : यहाँको टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवी खेती विस्तार भइरहेको छ । दीर्घकालीन आम्दानी लिन सकिने सम्भावना देखिएपछि वडाले पनि किवी खेतीलाई प्राथमिकतामा राख्दै किसानलाई प्रोत्साहन गर्दै आएको छ ।

किवी खेतीका लागि उपयुक्त भूगोल र हावापानी रहेको क्षेत्रलाई लक्षित गर्दै वडाले हालसम्म करिब १७० जना किसानलाई किवीका बिरुवा वितरण गरिसकेको वडाध्यक्ष सुनिल राईले जानकारी दिए । उनका अनुसार हालसम्म करिब दुई हजार ५०० भन्दा बढी बिरुवा वितरण भइसकेको छ ।

“हाम्रो वडामा किवी खेतीको राम्रो सम्भावना छ”, वडाध्यक्ष राईले भने, “किसानको रुचि पनि यसतर्फ बढ्दो छ । किवीका माध्यमबाट किसानलाई आयआर्जनमा जोड्ने लक्ष्यसहित खेती विस्तारमा जोड दिएका छौँ ।”

किसानलाई व्यावसायिक कृषि उत्पादनतर्फ आकर्षित गर्ने उद्देश्यले वडा कार्यालयले बिरुवा वितरणसँगै प्राविधिक सहयोग पनि उपलब्ध गराउँदै आएको जनाएको छ । यहाँको हावापानी किवी खेतीका लागि अनुकूल भएकाले किसानलाई व्यावसायिक रूपमा खेती विस्तार गर्न प्रोत्साहन गरिएको हो ।

वडाको सहयोग पाएपछि यहाँका अधिकांश किसान व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएको स्थानीय भीमसेन राई बताउँछन् । “एकपटक विस्तार गरेपछि सामान्य हेरचाहमै वर्षौँसम्म आम्दानी लिन सकिने भएकाले किसान यसतर्फ आकर्षित भएका हौँ”, उनले भने ।

उनका अनुसार अहिले आफ्नै १० रोपनी जमिनमा करिब १५० बोट किवी खेती विस्तार गरिएको छ । राम्रो फलेको एक बोटबाट नौ हजार रुपैयाँसम्म आम्दानी लिएको उनले जानकारी दिए ।

त्यस्तै, अर्का किसान तेजन विष्टले पनि वडाबाट बिरुवा र प्राविधिक सहयोग पाएपछि किवी खेतीमा उत्साह थपिएको बताए ।

परम्परागत बालीको तुलनामा किवीबाट राम्रो आम्दानी लिन सकिने भएकाले आफूहरू यसतर्फ लागेका उनको भनाइ छ । हाल ५० बोट खेती विस्तार गरेको उनले बताए ।

हाल वडाका मझौले, खावा, रमितेलगायतका क्षेत्रमा किवी खेती विस्तार हुँदै गएको छ । वडाको पहल र किसानको सक्रियतासँगै यस क्षेत्र किवी उत्पादनको सम्भावित केन्द्रका रूपमा विकास हुँदै गएको स्थानीय किसानको भनाइ छ ।

Tags: #भोजपुर#राससकिवी खेती
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

वंशिलाघाटमा बेलिब्रिज सञ्चालन, खोटाङ–भोजपुरको यातायात सहज
विविध

सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फोक्सिङटार र बङ्शिलाघाटको बेलिब्रिज निकालिए

by रासस
जेष्ठ ४, २०८३
0

खोटाङ : निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फरक-फरक सडकखण्डमा पर्ने फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज निकालिएको छ। यी...

अस्पतालको बेडदेखि शवसम्म असुरक्षित : ग्रिनक्रसमा मृतकको कानबाटै सुन गायब
FEATURE BREAKING

अस्पतालको बेडदेखि शवसम्म असुरक्षित : ग्रिनक्रसमा मृतकको कानबाटै सुन गायब

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३, २०८३
0

विराटनगर : मानिस अस्पताल जीवन बचाउन पुग्छन् । तर विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा भने एक महिलाको मृत्यु भएपछि सुन गायब भएको घटनाले...

धरान : सात वर्षदेखि लेदुवा खोलाको पुल निर्माण अधुरै

धरान : सात वर्षदेखि लेदुवा खोलाको पुल निर्माण अधुरै

जेष्ठ ३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

जेष्ठ ३, २०८३
बीउ बैंकमार्फत रैथाने बाली संरक्षण

बीउ बैंकमार्फत रैथाने बाली संरक्षण

जेष्ठ ३, २०८३
तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

जेष्ठ २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोजपुरका कृषक व्यवसायिक किवी खेतीतर्फ आकर्षित

भोजपुर : किवी खेतीलाई प्राथमिकतामा राख्दै किसानलाई प्रोत्साहन

जेष्ठ ४, २०८३
वंशिलाघाटमा बेलिब्रिज सञ्चालन, खोटाङ–भोजपुरको यातायात सहज

सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फोक्सिङटार र बङ्शिलाघाटको बेलिब्रिज निकालिए

जेष्ठ ४, २०८३
अस्पतालको बेडदेखि शवसम्म असुरक्षित : ग्रिनक्रसमा मृतकको कानबाटै सुन गायब

अस्पतालको बेडदेखि शवसम्म असुरक्षित : ग्रिनक्रसमा मृतकको कानबाटै सुन गायब

जेष्ठ ३, २०८३
धरान : सात वर्षदेखि लेदुवा खोलाको पुल निर्माण अधुरै

धरान : सात वर्षदेखि लेदुवा खोलाको पुल निर्माण अधुरै

जेष्ठ ३, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1386 shares
    Share 554 Tweet 347
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    652 shares
    Share 261 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    623 shares
    Share 249 Tweet 156
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    512 shares
    Share 205 Tweet 128
  • इटहरी निवासी अधिकारीको नियात्रा सार्वजनिक 

    374 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.