झापा : झापाको गौरादह नगरपालिका–७ मा स्कुल बसले किच्दा ४ वर्षीय बालकको मृत्यु भएको छ।
बिहीबार साँझ करिब ५ बजेतिर लाठीचौरबाट फगेटीतर्फ जाँदै गरेको सजग एकता बोर्डिङ स्कुलको को १ ख ६९४० नम्बरको बसले सोही विद्यालयमा यूकेजीमा अध्ययनरत आरोग्य चिमरियालाई किचेको प्रहरीले जनाएको छ।
गौरादह–७ निवासी खड्ग चिमरियाका चार वर्षीय छोरा आरोग्यलाई घरमा ओराल्ने क्रममा बस अगाडि बढाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दुर्घटनामा गम्भीर घाइते भएका बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बालकको शव घटनास्थलमै राखिएको थियो भने आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
बस चालक गौरादहकै ५७ वर्षीय लालबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय गौरिगञ्जले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post