Thursday, May 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कसैको घरमाथि, कसैको घरमुनिबाट पहिरो, च्याङथापूका २६ घर उच्च जोखिममा

रासस by रासस
जेष्ठ १४, २०८३
in समाचार
0
पाँचथरमा घर शिलान्यास गर्दैगर्दा पहिरो खसेर मृत्यु

फाइल तस्बिर ।

53
SHARES
Share on FacebookShare on Twitter

पाँचथर : जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँका २६ घर उच्च जोखिममा रहेका पाइएको छ ।

याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार पहिरोका कारण साविक च्याङथापू गाविसका छ वडा प्रभावित भएका छन् ।

यहाँका ठिङ्गेपुर कोप्चे, बिरुवा, पेरुङ्गे, चाम्लिङडाँडा, एकराते, खोलाघारी र सुन्दरपुर टोल पहिरोबाट प्रभावित भएका हुन् । जहाँ २६ घर उच्च जोखिममा रहेका र करिब ७० घर पहिरोको जोखिममा रहेको पाइएको वडाध्यक्ष खालिङले जानकारी दिए ।

पहिरो झरेर चाम्लिङडाँडाका महमलाल खवास र कविरमान खवासको तथा कोप्चेको गङ्गाराम बेघाको घर बगाएको थियो । अन्य घरहरू नबगाए पनि जोखिमपूर्ण अवस्थामा रहेको खालिङको भनाइ छ ।

“कसैको घरमाथि पहिरो छ त कसैको घरमुनिबाट पहिरो गएको थियो”, उनले भने, “पानी पर्‍यो कि सबैजना त्राहिमान हुने अवस्था छ, सुरक्षित स्थानतर्फ भाग्नुपर्ने स्थिति रहेको छ । यहाँ बाढी पहिरोले मानवीय क्षति नभएपछि पशुचौपाया बगाएको, खेतीयोग्य जमिन र अलैँची बगानमा क्षति पुगेको छ ।”

च्याङथापूमा तीन वर्षअघि पनि भीषण वर्षापछि पहिरो गएको थियो । विसं २०८० असार ३ मा यहाँको मेवाखोलासहितका खोलामा बाढी आउनुका साथै धेरै स्थानमा पहिरो गएको थियो ।

त्यसबेला यहाँको चोक, खोलाघारी, एकरातेलगायत टोल प्रभावित भएका थिए, तर तीन वर्षपछि पहिलेभन्दा ठुलो वर्षा भएको र बाढीपहिरो गएको थियो । वडाध्यक्ष खालिङले भने ,“तीन वर्षअघि जसरी पहिरोले धुजाधुजा पारेको थियो, हाल त्यस्तै अवस्था आएको छ । हामीलाई प्रकृतिले पीडामाथि पीडा दिइरहेको छ ।”

जिल्ला समन्वय समितिका पूर्वसदस्य नरबहादुर गुरुङ पहिरो प्रभावित क्षेत्रमा त्रासको अवस्था रहेको बताउँछन्  । “बादल लाग्यो कि दिउँसै पनि भाग्ने अवस्था छ । यहाँ जताततै पहिरो गएको छ । बाढीले खोलाकिनारका सबै संरचना बगाएको छ”, उनले भने ।

बाढी पहिरोले यहाँका आठ वटा सिँचाइ योजना, तीन वटा खानेपानी योजना ध्वस्त भएका र तीन वटा झोलुङ्गे पुलमा क्षति पुगेको गुरुङले बताए ।

बाढी पहिरोले पुष्पलाल (मध्यपहाडी) राजमार्गको च्याङथापू खण्ड, फाक्लुङ–फालोट मोटरबाटो, च्याङथापू–समरजुङ र च्याङथापू–लामपोखरी मोटरबाटोमा धेरै क्षति पुगेको छ । च्याङथापू–लामपोखरी मोटरबाटो अवरुद्ध हुँदा सुकाढापमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउटपोष्ट (बीओपी) मा सामग्री ढुवानी गर्न नसकिने अवस्था आएको छ ।

बाटो नै नभएपछि यहाँका ५० जनाभन्दा बढी विद्यार्थीलाई विद्यालय जान समस्या भएको छ भने गर्भवतीको नियमित परीक्षण प्रभावित भएको छ ।

तीन वर्षअघिको बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण नहुँदै पुनः क्षति भएपछि यहाँका सरोकार भएकाहरूले यस क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिरहेका छन् ।

याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार बाढी पहिरोले वडा नं १, २ र ३ मा अत्यधिक क्षति पुर्‍याएको छ भने वडा नं ४ र ५ मा सामान्य आंशिक क्षति पुगेको छ ।

वडा कार्यालयहरूले अझै क्षतिको विवरण सङ्कलन गरिरहेका छन् । बाढीपहिरोपछि यस गाउँपालिकाका सबै वडालाई जोड्ने पुष्पलाल (मध्यपहाडी) राजमार्गको ओयाम–च्याङथापू–चिवाभञ्ज्याङ खण्ड अवरुद्ध छ । अवरुद्ध राजमार्गलाई ओयामबाट खुलाउन सुरुआत गरिएको छ ।

“बाटो सफा गरेर वडा नं ३ को फलामखोलासम्म सम्पर्क स्थापित गरेका छौँ । बाँकी काम भइरहेको छ”, उपाध्यक्ष मेन्याङ्बोले भनिन् ।

सडक अवरुद्ध भएपछि च्याङथापू र फलैँचा पुग्न नसकिएको र राहत वितरण पनि हुन नसकेको उनले बताइन् । “हामी ओयामदेखि माथि जाने अवस्था छैन । हाल त्यहाँका जनप्रतिनिधिलाई नै क्षतिको विवरण सङ्कलनलगायत काम गर्न भनेका छौँ”, उपाध्यक्ष मेन्याङ्बोले भनिन्।

Tags: #पाँचथर#राससपहिरोबाढीपहिरो
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सुनसरी : दलदलमा फसेर जङ्गली हात्तीको छावा मृत भेटियो
पर्यावरण

सुनसरी : दलदलमा फसेर जङ्गली हात्तीको छावा मृत भेटियो

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १४, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित बीस आरडी क्षेत्रमा पर्ने गहने खोलाको दहमा दलदलमा फसेर जङ्गली हात्तीको छावा मृत अवस्थामा फेला...

कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा सुनसरीका विप्लव घोष नियुक्त
खेलकुद

कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा सुनसरीका विप्लव घोष नियुक्त

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १४, २०८३
0

विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डको रिक्त सदस्य सचिव पदमा विप्लव घोष नियुक्त भएका छन् । कोशी प्रदेश सरकारका सामाजिक...

झापामा स्कुल बसले किच्दा यूकेजीमा अध्ययनरत बालकको मृत्यु

झापामा स्कुल बसले किच्दा यूकेजीमा अध्ययनरत बालकको मृत्यु

जेष्ठ १४, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

ब्राउनसुगरसहित इटहरीका दुई जना पक्राउ

जेष्ठ १३, २०८३
माओवादी कोशीद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

यी व्यक्ति ‘मानव अधिकार उल्लंघनकर्ता’ सूचीमा, भदौ २३–२४ घटनामा यस्तो आयोगको प्रतिवेदन (पूर्णपाठसहित)  

जेष्ठ १३, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

जेष्ठ १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पाँचथरमा घर शिलान्यास गर्दैगर्दा पहिरो खसेर मृत्यु

कसैको घरमाथि, कसैको घरमुनिबाट पहिरो, च्याङथापूका २६ घर उच्च जोखिममा

जेष्ठ १४, २०८३
सुनसरी : दलदलमा फसेर जङ्गली हात्तीको छावा मृत भेटियो

सुनसरी : दलदलमा फसेर जङ्गली हात्तीको छावा मृत भेटियो

जेष्ठ १४, २०८३
कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा सुनसरीका विप्लव घोष नियुक्त

कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा सुनसरीका विप्लव घोष नियुक्त

जेष्ठ १४, २०८३
झापामा स्कुल बसले किच्दा यूकेजीमा अध्ययनरत बालकको मृत्यु

झापामा स्कुल बसले किच्दा यूकेजीमा अध्ययनरत बालकको मृत्यु

जेष्ठ १४, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1496 shares
    Share 598 Tweet 374
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1424 shares
    Share 570 Tweet 356
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    898 shares
    Share 359 Tweet 225
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    625 shares
    Share 250 Tweet 156
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    608 shares
    Share 243 Tweet 152

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन