इटहरी : सुनसरीको रामधुनी नगरपालिका-२ तित्रीवनमा पिकअप गाडीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
बिहीबार दिउँसो करिब ३ बजे इनरुवाबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ च ८४२१ नम्बरको पिकअप गाडीले पैदल यात्री स्थानीय ९ वर्षीया फर्चिना खातुनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा उनको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो।
घाइते बालिकालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक खटिएको टोलीले पिकअप चालक धनुषाको हरिहरपुर नगरपालिका–३ का २७ वर्षीय रोहित पासवानलाई गाडीसहित नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।













Discussion about this post