Tuesday, August 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

झापाको वन क्षेत्र राष्ट्रिय औसतभन्दा कम, विस्तारका लागि विशेष अभियान

रासस by रासस
असार ११, २०८३
in विविध, समाचार
0
पाथीभरा क्षेत्रमा वृक्षरोपण अभियान

तस्बिर स्रोत : गुगल ।

56
SHARES
Share on FacebookShare on Twitter

झापा : वन क्षेत्रको न्यून विस्तार, तीव्र जनसङ्ख्या वृद्धि र बढ्दो बसाइँसराइका कारण झापामा मानव–वन्यजन्तु द्वन्द्व चुनौतीपूर्ण बन्दै गएको छ।

यही अवस्थालाई मध्यनजर गर्दै डिभिजन वन कार्यालय झापाले चालू आर्थिक वर्षमा वृक्षरोपणलाई उच्च प्राथमिकतामा राख्दै सामुदायिक वनसँगको सहकार्यमा खाली जमिनमा व्यापक रूपमा बिरुवा रोप्ने योजना अघि बढाएको छ।

पूर्वी तराईको सबैभन्दा बढी जनघनत्व भएको जिल्ला झापाको कूल क्षेत्रफल एक हजार ६०६ वर्ग किलोमिटर रहेको छ । तर वन क्षेत्र भने १८ हजार ६५ हेक्टरमा मात्र सीमित छ। यो जिल्लाको कूल भूभागको ११.२४ प्रतिशत हो । वन क्षेत्रको यो अनुपात राष्ट्रिय औसतभन्दा कम रहेको छ ।

आन्तरिक बसाइँसराइका कारण यहाँको जनसङ्ख्याको चाप निरन्तर बढिरहेको छ। बढ्दो बस्ती विस्तारका कारण वन क्षेत्रमाथिको दबाब बढ्दै जाँदा वन्यजन्तुको प्राकृतिक बासस्थान खुम्चिँदै गएको छ । यसको प्रत्यक्ष असर मानव र वन्यजन्तुबीच हुने द्वन्द्वमा देखिन थालेको छ।

नेपाल सरकारले सन् २०३० सम्म वन विनाशलाई शून्यमा झार्ने तथा देशको वन क्षेत्र ५० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ।

डिभिजन वन कार्यालय झापाका वन अधिकृत रामभक्त यादवका अनुसार हाल देशको वन क्षेत्र ४६ प्रतिशत नाघेको छ । तर झापाको भौगोलिक अवस्था, सीमित वन क्षेत्र र तीव्र शहरीकरणका कारण उक्त राष्ट्रिय लक्ष्य हासिल गर्न चुनौतीपूर्ण देखिएको छ।

वन अधिकृत यादवका अनुसार मानव–वन्यजन्तु द्वन्द्व कम गर्दै हरियाली विस्तार गर्ने उद्देश्यले यस वर्ष करिब ५० हेक्टर खाली जमिनमा वृक्षरोपण गरिनेछ ।

यो कार्यक्रम सामुदायिक वन उपभोक्ता समूहसँगको समन्वयमा सञ्चालन हुनेछ । उहाँका अनुसार राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत १५ हेक्टर क्षेत्रमा तारबारसहित वृक्षरोपण गरिनेछ।

त्यसैगरी नमूना वृक्षरोपण कार्यक्रममार्फत २० हेक्टर, प्रदेश सरकारको वन विकास तथा जडीबुटी प्रवद्र्धन कार्यक्रमअन्तर्गत चार हेक्टर तथा कृषि वन प्रवद्र्धन कार्यक्रममार्फत थप चार हेक्टर क्षेत्रमा बिरुवा रोपिनेछ ।

वृक्षरोपण कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्लाका पाँच स्थानमा नर्सरी सञ्चालन गरिएको वन अधिकृत यादवले बताए।

डिभिजन वन कार्यालय चन्द्रगढी, मेची बहुवन उपडिभिजन, जलथल उपडिभिजन रङ्गियाडाँडा, दमक उपडिभिजन झिलझिले तथा कन्काई उपडिभिजन सुरुङ्गास्थित नर्सरीमा विभिन्न प्रजातिका करिब दुई लाख बिरुवा उत्पादन गरिएको उनले जानकारी दिए ।

यसका साथै वन कार्यालयले करिब रु १० लाख बराबरका बाँसका बिरुवा र करिब रु १० लाख बराबरका फलफूलका बिरुवा खरिद गरी निःशुल्क वितरण गर्ने तयारी छ।

विशेषगरी जङ्गली हात्तीको आवतजावत हुने क्षेत्रमा बाँसका बिरुवा रोप्न प्रोत्साहन गरिनेछ। यसले हात्तीको प्राकृतिक आहार र आवरणको व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरिएको छ । वन अधिकृत यादवका अनुसार यस वर्ष पहिलोपटक श्रीखण्डका बिरुवासमेत वितरण गरिनेछ।

आर्थिक तथा वातावरणीय दुवै हिसाबले महत्वपूर्ण मानिने श्रीखण्डको प्रवद्र्धनले स्थानीय समुदायलाई दीर्घकालीन रुपमा आम्दानीको अवसर सिर्जना गर्नुका साथै वनको जैविक विविधता संरक्षणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

वन क्षेत्र विस्तारसँगै वन्यजन्तुको प्राकृतिक बासस्थान संरक्षण, वातावरणीय सन्तुलन कायम गर्ने तथा मानव–वन्यजन्तु द्वन्द्व कम गर्ने उद्देश्यले अघि बढाइएको वृक्षरोपण अभियानलाई झापामा दीर्घकालीन वातावरण संरक्षणको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

Tags: #झापा
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै
FEATURE BREAKING

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

by टाकुरा न्यूज । इटहरी
साउन २५, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भई मृत्यु भएका २२ वर्षीय रवीन्द्र मेहताको शव एक सातादेखि त्रिवि...

बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु
विविध

बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु

by टाकुरा न्यूज । इटहरी
साउन २५, २०८३
0

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोशी प्रदेशमा प्यालियेटिभ तथा हस्पिस केयर (प्रशामक सेवा) विस्तार गर्ने उद्देश्यले पाँचदिने...

इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

साउन २५, २०८३
विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

साउन २५, २०८३
‘गरिबी निवारणका लागि प्राङ्गारिक कफीखेती’ कार्यक्रम

कफी खेतीमा भोजपुरको भविष्य खोज्दै किसान, नगरपालिकाको दुई करोडभन्दा बढी लगानी

साउन २५, २०८३
इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

सङ्खुवासभामा ग्यास कालोबजारी, एक व्यवसायीलाई पक्राउ

साउन २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

सुनसरी घटना : सहिद घोषणाको विवादले एक सातादेखि रवीन्द्र मेहताको शव अस्पतालमै

साउन २५, २०८३
बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु

बीपी प्रतिष्ठानमा प्यालियेटिभ तथा हस्पिस केयरसम्बन्धी पाँचदिने कार्यशाला सुरु

साउन २५, २०८३
इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

साउन २५, २०८३
विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

विपन्न महिलालाई नेकपाको घर उपहार, झापामा आवास अभियानको सुरुआत

साउन २५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    441 shares
    Share 176 Tweet 110

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.