Thursday, June 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ११, २०८३
in FEATURE BREAKING, निर्वाचन, समाचार
0
उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता
49
SHARES
Share on FacebookShare on Twitter

इटहरी : उद्योग वाणिज्य संघ इटहरीको आगामी नेतृत्व चयनका लागि अध्यक्ष पदमा नवराज काफ्ले र गायत्री कटवाल भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्।

बिहीबार संघको कार्यालयमा दुवै पक्षले आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएपछि चुनावी प्रतिस्पर्धा औपचारिक रूपमा सुरु भएको छ।

उद्योगी–व्यवसायीहरूको छाता संगठनका रूपमा रहेको संघको नयाँ नेतृत्व चयनका लागि असार २७ गते निर्वाचन हुँदैछ।

निर्वाचनलाई व्यवसायिक नेतृत्व चयनको प्रक्रिया भनिए पनि यसपटक विभिन्न राजनीतिक दल निकट व्यवसायी समूहहरूको सक्रियताले चुनावलाई थप रोचक बनाएको छ।

निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार नवराज काफ्लेले आफू व्यवसायीहरूको साझा हित, संस्थागत सुदृढीकरण तथा निजी क्षेत्रका समस्याको समाधानलाई प्राथमिकतामा राखेर चुनावी मैदानमा उत्रिएको बताएका छन्।

काफ्ले समूहलाई नेपाली कांग्रेस र नेकपा एमाले निकट व्यवसायीहरूको नैतिक समर्थन रहेको जनाइएको छ।

यता, गायत्री कटवाल भण्डारीले महिला नेतृत्व, व्यवसायीहरूको क्षमता विकास तथा उद्योग–व्यापारमैत्री वातावरण निर्माणलाई आफ्नो प्राथमिकता रहेको बताएकी छन्।

उनको समूहलाई नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट व्यवसायीहरूको समर्थन रहेको बताइएको छ।

उम्मेदवारी दर्तापछि दुवै पक्षले चुनावी अभियानलाई तीव्र बनाउने तयारी गरेका छन्। व्यवसायी समुदायभित्र मतदाता भेटघाट, प्रतिबद्धता सार्वजनिक गर्ने तथा आफ्ना एजेन्डा प्रस्तुत गर्ने कार्यक्रमहरू सुरु भइसकेका छन्।

निर्वाचन समितिका संयोजक टंक दुलालका अनुसार उम्मेदवारी दर्ताको प्रक्रिया सम्पन्न भएको छ। उम्मेदवारहरूको प्रारम्भिक नामावली शुक्रबार बिहान सार्वजनिक गरिनेछ भने दाबी–विरोध, नाम फिर्ता लगायतका प्रक्रिया निर्वाचन कार्यतालिकाअनुसार अघि बढ्नेछन्।

इटहरीको व्यवसायिक क्षेत्रको प्रतिनिधित्व गर्ने महत्वपूर्ण संस्थाको नेतृत्वका लागि हुने यो निर्वाचनलाई स्थानीय उद्योगी–व्यवसायीहरूले चासोका साथ हेरिरहेका छन्।

अध्यक्षसहित अन्य पदमा पनि प्रतिस्पर्धा हुने भएकाले चुनावी माहोल क्रमशः तातिँदै गएको छ।

Tags: #उवासंघनिर्वाचन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झुटो विवरणलाई आधार बनाएर नागरिकता सिफारिस गरेपछि मोरङका वडाध्यक्ष र सदस्य प्रहरी नियन्त्रणमा
समाचार

झुटो विवरणलाई आधार बनाएर नागरिकता सिफारिस गरेपछि मोरङका वडाध्यक्ष र सदस्य प्रहरी नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
असार ११, २०८३
0

मोरङ : नागरिकता सिफारिस प्रक्रियामाथि नै प्रश्न उठ्ने गरी मोरङको रंगेली नगरपालिकाका एक वडाध्यक्ष र वडा सदस्य पक्राउ परेका छन्।...

दैनिक ६ देखि ७ वटा बलात्कारका घटना, आधाजसो घटना गुपचुप, गृहमन्त्रीको जवाफ: चिन्ताजनक होइन
FEATURE BREAKING

छोरीमाथि जबरजस्ती करणी र नवजात शिशु हत्या प्रकरणका प्रतिवादी पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार ११, २०८३
0

झापा : आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोप लागेका तथा जन्मिएको नवजात शिशुको शव गाडेर फरार भएका एक अभियुक्तलाई प्रहरीले...

राष्ट्रिय जागृति क्लब इटहरीको अध्यक्षमा केशव कार्की

सुनसरी जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा इटहरीका केशव कार्की नियुक्त

असार ११, २०८३
पाथीभरा क्षेत्रमा वृक्षरोपण अभियान

झापाको वन क्षेत्र राष्ट्रिय औसतभन्दा कम, विस्तारका लागि विशेष अभियान

असार ११, २०८३
सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

असार १०, २०८३
मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

असार १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

असार ११, २०८३
झुटो विवरणलाई आधार बनाएर नागरिकता सिफारिस गरेपछि मोरङका वडाध्यक्ष र सदस्य प्रहरी नियन्त्रणमा

झुटो विवरणलाई आधार बनाएर नागरिकता सिफारिस गरेपछि मोरङका वडाध्यक्ष र सदस्य प्रहरी नियन्त्रणमा

असार ११, २०८३
दैनिक ६ देखि ७ वटा बलात्कारका घटना, आधाजसो घटना गुपचुप, गृहमन्त्रीको जवाफ: चिन्ताजनक होइन

छोरीमाथि जबरजस्ती करणी र नवजात शिशु हत्या प्रकरणका प्रतिवादी पक्राउ

असार ११, २०८३
राष्ट्रिय जागृति क्लब इटहरीको अध्यक्षमा केशव कार्की

सुनसरी जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा इटहरीका केशव कार्की नियुक्त

असार ११, २०८३

लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    377 shares
    Share 151 Tweet 94
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    348 shares
    Share 139 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.