Monday, July 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

एसियाली राजमार्ग : चारआलीमा आधा काम सकियो

रासस by रासस
असार २२, २०८३
in FEATURE BREAKING, समाचार
0
काँकडभिट्टा–लौकही सडक स्तरोन्नतिमा ढिलाइ, यात्रु मर्कामा
56
SHARES
Share on FacebookShare on Twitter

झापा : एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन ओभरपासको करिब ५० प्रतिशत काम सकिएको छ ।

आयोजना कार्यालयका अनुसार बिर्तामोडको मुक्तिचोकमा निर्माण हुने ओभरपासको काम भने आगामी एक साताभित्र सुरु गरिनेछ।

एसियाली हाइवे परियोजना पूर्वी खण्डका आयोजना प्रमुख इन्जिनियर सुनीलबाबु पन्तले चारआली ओभरपासको संरचनागत निर्माण आधाभन्दा बढी भइसकेको बताउँदै बाँकी कामलाई तीव्रता दिइएको जानकारी दिए ।

उनका अनुसार बिर्तामोड नगरपालिका-२ स्थित चारपाने खण्डमा निर्माण भइरहेको अर्को ओभरपासको प्रगति पनि करिब ३५ प्रतिशत पुगेको छ।

चारआली चोकमा निर्माणाधीन ओभरपासको पूर्वतर्फ २५१ मिटर र पश्चिमतर्फ २२६ मिटर र्‍याम्प (भिरालो बाटो वा गाडी कुदाउने) रहने इन्जिनियर पन्तले बताए। ओभरपास सञ्चालनमा आएपछि पूर्व-पश्चिम राजमार्ग हुँदै आवतजावत गर्ने लामो दूरीका सवारीसाधन चोकमा नरोकी माथिल्लो संरचनाबाट गुड्नेछन् भने स्थानीय सवारीसाधनले तलको सडक प्रयोग गर्नेछन्।

यसबाट ट्राफिक व्यवस्थापन, यात्रा समयको बचत तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने आयोजनाको विश्वास छ।

इन्जिनियर पन्तका अनुसार बिर्तामोडको मुक्तिचोकमा ओभरपास निर्माण ढिलाइ हुनुको मुख्य कारण विद्युत्का खम्बा स्थानान्तरणमा भएको ढिलाइ हो। अहिले अधिकांश खम्बा सार्ने काम सम्पन्न भइसकेकाले यही सातादेखि निर्माण कार्य सुरु गरिने तयारी गरिएको उनले बताए।

सरकारले एसियाली विकास बैंक (एडिबी) को सहयोगमा काँकडभिट्टाबाट सुनसरीको लौकहीसम्म ९५ दशमलव ७६ किलोमिटर पूर्व-पश्चिम राजमार्गलाई चारलेनको एसियाली राजमार्गका रूपमा स्तरोन्नति गरिरहेको छ ।

सोही आयोजनाअन्तर्गत चारआली, चारपाने, बिर्तामोड दमकसहित विभिन्न स्थानमा ओभरपास निर्माण भइरहेको हो।

चारआली ओभरपास निर्माण सम्पन्न भएपछि बजार क्षेत्रको ट्राफिक जाम अन्त्य भई व्यापार-व्यवसायमा सकारात्मक प्रभाव पर्ने अपेक्षा स्थानीय व्यवसायी शरद् शिवाकोटीले व्यक्त गरे।

उनका अनुसार अहिले दैनिकजसो हुने सवारी चापका कारण बजार क्षेत्र प्रभावित हुने गरेको छ। मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले ओभरपास निर्माणले मेचीनगरको शहरी स्वरूपमा नयाँ आयाम थप्ने बताए।

उनले मेची पुलदेखि चारआलीसम्मको बजार क्षेत्रलाई व्यवस्थित बनाउन यस परियोजनाले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

स्थानीय बद्री महतले मेची राजमार्ग र पूर्व-पश्चिम राजमार्गको सङ्गमस्थल चारआलीमा ओभरपास निर्माण भएपछि यातायात थप सहज हुनुका साथै स्थानीय व्यापार, व्यवसाय र समग्र क्षेत्रीय विकासमा टेवा पुग्ने धारणा व्यक्त गरे ।

निर्धारित समयमै आयोजना सम्पन्न हुनेमा आफू आशावादी रहेको उनले बताए।

Tags: #झापाएसिएन हाइवेएसियन हाइवे
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

मोरङमा दुई वटा कटुवा पेस्तोल बरामद
समाचार

मोरङमा दुई वटा कटुवा पेस्तोल बरामद

by टाकुरा न्यूज । इटहरी
असार २२, २०८३
0

मोरङ : मोरङको लेटाङ नगरपालिकामा लामो समयदेखि प्रयोगविहीन रहेको एक घरको छतबाट दुई थान पुराना कटुवा पेस्तोल बरामद भएका छन्।...

कोशी अस्पतालको १० कठ्ठा जग्गा खाली गर्न ७ दिने अल्टिमेटम
समाचार

कोशी अस्पतालको १० कठ्ठा जग्गा खाली गर्न ७ दिने अल्टिमेटम

by टाकुरा न्यूज । इटहरी
असार २२, २०८३
0

विराटनगर : सरकारी अस्पतालको बहुमूल्य जग्गामा वर्षौँदेखि व्यावसायिक सटर सञ्चालन गरी मासिक लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका संस्थाहरूलाई कोशी अस्पतालले...

कोशी प्रदेशमा दर्ताविनै भाषा पढाएर विद्यार्थीसँग मोटो शुल्क असुल्ने कन्सल्टेन्सी निगरानीमा

असार २२, २०८३
गृहमन्त्रीको झापा दौडाहा : सीमा सुरक्षा, तस्करी नियन्त्रण र हात्ती प्रभावित बस्तीमा केन्द्रित

गृहमन्त्रीको झापा दौडाहा : सीमा सुरक्षा, तस्करी नियन्त्रण र हात्ती प्रभावित बस्तीमा केन्द्रित

असार २२, २०८३
लोकसेवाको नियुक्ति छाडेर इटहरीमा सेवाको बाटो रोजेका बलबहादुर न्यौपाने

लोकसेवाको नियुक्ति छाडेर इटहरीमा सेवाको बाटो रोजेका बलबहादुर न्यौपाने

असार २२, २०८३
इनरुवामा रोपाइँको रौनक

इनरुवामा रोपाइँको रौनक

असार २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा दुई वटा कटुवा पेस्तोल बरामद

मोरङमा दुई वटा कटुवा पेस्तोल बरामद

असार २२, २०८३
कोशी अस्पतालको १० कठ्ठा जग्गा खाली गर्न ७ दिने अल्टिमेटम

कोशी अस्पतालको १० कठ्ठा जग्गा खाली गर्न ७ दिने अल्टिमेटम

असार २२, २०८३

कोशी प्रदेशमा दर्ताविनै भाषा पढाएर विद्यार्थीसँग मोटो शुल्क असुल्ने कन्सल्टेन्सी निगरानीमा

असार २२, २०८३
गृहमन्त्रीको झापा दौडाहा : सीमा सुरक्षा, तस्करी नियन्त्रण र हात्ती प्रभावित बस्तीमा केन्द्रित

गृहमन्त्रीको झापा दौडाहा : सीमा सुरक्षा, तस्करी नियन्त्रण र हात्ती प्रभावित बस्तीमा केन्द्रित

असार २२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    762 shares
    Share 305 Tweet 191
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    399 shares
    Share 160 Tweet 100
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    384 shares
    Share 154 Tweet 96
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    354 shares
    Share 142 Tweet 89
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    350 shares
    Share 140 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन