Wednesday, July 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए

३५ करोड बराबरको स्वदेशी लगानी

रासस by रासस
असार २४, २०८३
in समाचार
0
धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए
59
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : धरान औद्योगिक क्षेत्रमा लामो समयदेखि निष्क्रिय रहेका उद्योगको लिज सम्झौता रद्द गरी पाँच नयाँ उद्योग थपिएका छन् ।

नयाँ उद्योग थपिएसँगै करिब रु ३५ करोड बराबरको स्वदेशी लगानी भित्रिएको छ । ती उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि ३५० जनाले प्रत्यक्ष रोजगारी पाउने धरान औद्योगिक क्षेत्रका कार्यालय प्रमुख जीवनारायण बञ्जाडेले जानकारी दिए ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले कानुनी प्रक्रिया पूरा गरी लामो समयदेखि उत्पादन नगरी जग्गा ओगटेर बसेका उद्योगको लिज सम्झौता रद्द गरी नयाँ उद्योग थप गरेको उनले बताए ।

नयाँ थपिएका उद्योगहरू प्रीति भल्भ एन्ड फिटिङ इन्डस्ट्रिज, जिडी स्टिल इन्डस्ट्रिज, सिद्धि विनायक घरेलु उद्योग, जेआर भेन्चर्स तथा सूर्य डायमन्ड इन्डस्ट्रिज छन् ।

सूर्य डायमन्ड इन्डस्ट्रिजको लिज सम्झौता भने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको केन्द्रीय कार्यालयबाट अन्तिम स्वीकृतिको प्रक्रियामा रहेको प्रमुख बञ्जाडेले बताए ।

उनका अनुसार नेपाल न्यून नेटवर्क, शुभम् वाटर इन्डस्ट्रिज, जानकी प्रोडक्ट्स, फेमिली युटेन्सिल इन्डस्ट्रिज र कामना मल्टिफोर्ड इन्डस्ट्रिजको लिज सम्झौता रद्द गरिएको हो ।

उनले भने, “निष्क्रिय उद्योगको सम्पत्ति मूल्याङ्कन गरी कम्पनीको विनियमावलीबमोजिम सार्वजनिक प्रस्ताव आह्वान तथा लिज हस्तान्तरणको प्रक्रिया पूरा गरेपछि नयाँ उद्योगसँग सम्झौता गरिएको हो ।”

सञ्चालनको तयारीमा रहेका उद्योगमध्ये प्रीति भल्भ एन्ड फिटिङ इन्डस्ट्रिज प्रालिले पानीका मिटर तथा फिटिङ सामग्री, जिडी स्टिल इन्डस्ट्रिज प्रालि र जेआर भेन्चर्स प्रालिले निर्माण सामग्री, सिद्धि विनायक घरेलु उद्योगले खाद्यान्न तथा पशु आहार तथा सूर्य डायमन्ड इन्डस्ट्रिज प्रालिले विभिन्न प्रकारका भाँडावर्तन उत्पादन गर्नेछन् ।

उत्पादनमुखी उद्योगलाई प्राथमिकता दिँदै आयात प्रतिस्थापन, राजस्व वृद्धि तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले नयाँ उद्योगसँग सम्झौता गरिएको प्रमुख बञ्जाडेले बताउनुभयो । उद्योग सञ्चालनमा आएपछि स्वदेशी बजारको माग पूर्ति गर्नाका साथै केही वस्तु निर्यात गर्ने सम्भावना पनि रहेको उनको भनाइ छ ।

धरान औद्योगिक क्षेत्रमा प्लास्टिकजन्य पाइप, खाद्यान्न, धातुजन्य सामग्री, होजियारी तथा डेरीजन्य वस्तु उत्पादन गर्ने उद्योग सञ्चालनमा छन् ।

विसं २०२९ मङ्सिर २६ गते शिलान्यास भई विसं २०३२ पुस १ गतेदेखि सञ्चालनमा आएको धरान औद्योगिक क्षेत्र धरान उपमहानगरपालिका–८, तीनकुनेमा अवस्थित छ । २०२ रोपनी क्षेत्रफलमा फैलिएको यस औद्योगिक क्षेत्रको १४३ रोपनी १४ आना जग्गा भाडामा दिइएको छ भने करिब ५५ रोपनीभन्दा बढी जग्गा ‘युटिलिटी’ सेवाका लागि प्रयोग गरिएको छ ।

हाल औद्योगिक क्षेत्रमा ३५ उद्योग रहेका छन् । तीमध्ये ३० उद्योग सञ्चालनमा छन् भने पाँच उद्योग निर्माणको अन्तिम चरणमा रहेका छन् ।

सञ्चालनमा रहेका उद्योगमा ८०० पुरुष र २०० महिला गरी एक हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

औद्योगिक क्षेत्रमा निजी क्षेत्रबाट करिब रु दुई अर्बभन्दा बढी तथा सरकारी क्षेत्रबाट करिब रु एक अर्ब ७० करोडभन्दा बढी लगानी रहेको प्रमुख बञ्जाडेले उल्लेख गरे ।

Tags: #धरानऔद्योगिक क्षेत्र
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

‘कामका लागि उम्मेदवारी दिएको हुँ, पदका लागि होइन’ : दिनेश धमला (अन्तर्वार्ता)
अन्तर्वार्ता

‘कामका लागि उम्मेदवारी दिएको हुँ, पदका लागि होइन’ : दिनेश धमला (अन्तर्वार्ता)

by टाकुरा न्यूज । इटहरी
असार २४, २०८३
0

यही असार २७ गते हुने इटहरी उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै सदस्य पदका उम्मेदवार दिनेश धमलासँग वर्तमान व्यावसायिक वातावरण,...

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…
समाचार

इटहरीको खोटाङे होटलदेखि इनरुवा बसपार्कसम्म ब्राउनसुगर अपरेशन, तीन पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार २४, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्धको अभियानअन्तर्गत सुनसरीका दुई स्थानबाट ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा इलाका...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का दुई निर्णय : वन नियमावली र क्षतिपूर्ति निर्देशिका प्रक्रियामा

असार २४, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीविरुद्ध प्रहरीको अपरेशन, साढे ४ लाखका सामान नियन्त्रणमा

असार २४, २०८३
सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

बीपी प्रतिष्ठानअगाडि औषधिमा कमिसनको चलखेल गरेको आरोपमा थप १० जना नियन्त्रणमा

असार २४, २०८३
मेहनतले चिनिएकी सुमित्रा, महिला उद्यमको उदाहरण बन्ने यात्रामा

मेहनतले चिनिएकी सुमित्रा, महिला उद्यमको उदाहरण बन्ने यात्रामा

असार २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘कामका लागि उम्मेदवारी दिएको हुँ, पदका लागि होइन’ : दिनेश धमला (अन्तर्वार्ता)

‘कामका लागि उम्मेदवारी दिएको हुँ, पदका लागि होइन’ : दिनेश धमला (अन्तर्वार्ता)

असार २४, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीको खोटाङे होटलदेखि इनरुवा बसपार्कसम्म ब्राउनसुगर अपरेशन, तीन पक्राउ

असार २४, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का दुई निर्णय : वन नियमावली र क्षतिपूर्ति निर्देशिका प्रक्रियामा

असार २४, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीविरुद्ध प्रहरीको अपरेशन, साढे ४ लाखका सामान नियन्त्रणमा

असार २४, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    764 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    422 shares
    Share 169 Tweet 106
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    403 shares
    Share 161 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    384 shares
    Share 154 Tweet 96
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    355 shares
    Share 142 Tweet 89

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.