पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका–२ गौरीगाउँबाट प्रहरीले भरुवा बन्दुक र गोलीसहित एक जनालाई पक्राउ गरेको छ।
भरुवा बन्दुक पड्किएको आवाज आएपछि खटिएको प्रहरी टोलीले स्थानीय ४० वर्षीय चोककुमार शेर्मालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार शेर्माले बोकेको भरुवा बन्दुक एक थान र त्यसमा प्रयोग हुने छर्रा गोली चार थान बरामद गरिएको छ।
कानुनी प्रक्रिया पूरा गरी उनलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला अदालत पाँचथरबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















Discussion about this post