Monday, July 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

कप्तानगन्ज घटनापछि सुनसरीमा सामाजिक सद्भाव जोगाउन साझा प्रतिबद्धता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ११, २०८३
in FEATURE BREAKING, समाचार
0
कप्तानगन्ज घटनापछि सुनसरीमा सामाजिक सद्भाव जोगाउन साझा प्रतिबद्धता
49
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको साम्प्रदायिक झडपपछि जिल्लाका राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधि तथा सरोकारवाला पक्षले निष्पक्ष छानबिन, कानुनी प्रक्रिया र सामाजिक सद्भाव कायम गर्न साझा प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालय इनरुवामा बसेको सर्वपक्षीय बैठकले घटनाको सत्यतथ्य बाहिर ल्याउन गृह मन्त्रालयले गठन गरेको पाँच सदस्यीय छानबिन समितिलाई आवश्यक सबै सहयोग गर्ने निर्णय गरेको हो।

बैठकले कुनै पनि व्यक्ति वा समूहलाई कानुनभन्दा माथि नराखी निष्पक्ष अनुसन्धानमार्फत दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ।

बैठकले घटनापछि जिल्लाको शान्ति–सुरक्षा अवस्था थप जटिल बन्न नदिन सबै पक्ष जिम्मेवार र संयमित ढंगले प्रस्तुत हुने सहमति गरेको छ।

स्थानीय तहमा शान्ति–सुरक्षा मजबुत बनाउन सुरक्षा निकायलाई आवश्यक सहयोग गर्ने, अफवाह र उत्तेजक गतिविधिबाट टाढा रहने तथा सामाजिक सद्भाव खलबल्याउने कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता पनि सहभागीहरूले जनाएका छन्।

प्रमुख जिल्ला अधिकारी घिमिरेले घटनाको वास्तविकता अनुसन्धानबाट मात्रै स्थापित हुने भएकाले कुनै पनि अफवाहमा विश्वास नगरी कानुनी प्रक्रियामा सहयोग गर्न सबै पक्षसँग आग्रह गरे। समुदायबीच आपसी विश्वास कायम राख्दै संयमता अपनाउन उनले विशेष अपिल समेत गरेका छन्।

बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।

देवानगञ्ज–३ कप्तानगन्जमा आइतबार राति बोलबम यात्राका क्रममा बजाइएको डिजेलाई लिएर सुरु भएको विवाद दुई समुदायबीच हिंसात्मक झडपमा परिणत भएको थियो।

झडपका क्रममा दुवै पक्षबाट ढुंगा, लाठी, चिर्पट र भालासहित आक्रमण हुनुका साथै सुरक्षाकर्मीमाथि समेत आक्रमण भएको थियो।

अवस्था नियन्त्रणबाहिर गएपछि सशस्त्र प्रहरीले गोली चलाउँदा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। गोली लागेर अन्य नौ जना सर्वसाधारण पनि घाइते भएका छन्।

घटनापछि गृहमन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरी घटनाको कारण, सुरक्षा व्यवस्थाको अवस्था, बल प्रयोगको परिस्थिति तथा समग्र घटनाक्रमबारे अनुसन्धान अघि बढाएको छ।

जिल्लास्थित सरोकारवाला पक्षले समितिको अनुसन्धानमा पूर्ण सहयोग गर्दै सत्यतथ्य सार्वजनिक गर्न र सामाजिक सद्भाव कायम राख्न संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

Tags: #सुनसरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन
FEATURE BREAKING

तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन

by टाकुरा न्यूज । इटहरी
साउन ११, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि उत्पन्न तनाव नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ।...

सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती
FEATURE BREAKING

सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

by टाकुरा न्यूज । इटहरी
साउन ११, २०८३
0

इटहरी : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा लागू गरिएको अनिश्चितकालीन कर्फ्यु प्रभावकारी हुन नसक्दा सुरक्षा निकायमाथि ठूलो चुनौती थपिएको छ। कर्फ्यु...

काँकडभिट्टा–लौकही सडक विस्तार : पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

काँकडभिट्टा–लौकही सडक विस्तार : पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

साउन ११, २०८३
लागतको चापले झापाको माछापालन व्यवसाय सङ्कटमा

लागतको चापले झापाको माछापालन व्यवसाय सङ्कटमा

साउन ११, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका दुई पालिकामा निषेधाज्ञा, साँझ ७ बजेसम्म पाँच जनाभन्दा बढी भेला हुन रोक

साउन ११, २०८३
सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते

साउन ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कप्तानगन्ज घटनापछि सुनसरीमा सामाजिक सद्भाव जोगाउन साझा प्रतिबद्धता

कप्तानगन्ज घटनापछि सुनसरीमा सामाजिक सद्भाव जोगाउन साझा प्रतिबद्धता

साउन ११, २०८३
तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन

तनाव नघटेपछि कप्तानगन्जमा नेपाली सेना परिचालन

साउन ११, २०८३
सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

साउन ११, २०८३
काँकडभिट्टा–लौकही सडक विस्तार : पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

काँकडभिट्टा–लौकही सडक विस्तार : पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

साउन ११, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    773 shares
    Share 309 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    630 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन