Friday, September 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

जनशक्ति अभावमा तेह्रथुम अस्पतालको सिजेरियन सेवा ठप्प, गर्भवती मारमा

रासस by रासस
साउन २३, २०८३
in विविध, समाचार
0
जनशक्ति अभावमा तेह्रथुम अस्पतालको सिजेरियन सेवा ठप्प, गर्भवती मारमा
58
SHARES
Share on FacebookShare on Twitter

तेह्रथुम : जिल्ला अस्पतालमा शल्यक्रियामार्फत प्रसूति (सिजेरियन) सेवा ठप्प हुँदा सेवाग्राही मारमा परेका छन् ।

गत असार मसान्तदेखि आवश्यक जनशक्तिको अभावमा सिजेरियन सेवा बन्द भएपछि प्राकृतिक तरिकाले सुत्केरी हुने बाहेकका गर्भवतीहरू प्रसूति गराउन धरान, विराटनगर लगायतका तराईका जिल्ला अस्पतालहरूमा जानुपर्ने बाध्यता छ ।

म्याङलुङ नगरपालिका–४ पिप्लेकी निर्मला श्रेष्ठलाई आज बिहान प्रसूति व्यथा लागेपछि जिल्ला अस्पताल ल्याइएको थियो ।

प्राकृतिक रूपमा प्रसूति हुन नसक्ने अवस्था देखिएपछि शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले उहाँलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको उनका श्रीमान् सुरेन श्रेष्ठले बताए ।

‘रु १० हजार भाडा तिरेर इभी गाडी रिजर्भ गरी सुत्केरी व्यथा लागेको आफ्नो श्रीमतीलाई करिब छ घण्टाको यात्रा गरेर प्रसूति गराउन लैजानुपर्दा निकै समस्या भएको छ,’ उनले भने ।

फेदाप गाउँपालिका–१ सिम्लेकी फूलमाया कार्कीले पनि प्रसूति गराउने समय कटिसकेपछि सिजेरियन सेवा उपलब्ध नभएकै कारण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जानुपरेको बताइन् ।

‘लामो समयदेखि जिल्लामा यो सुविधा पाइरहेका थियौँ । आफ्नै सन्तान जन्माउने समयमा सेवा नपाउँदा दुःख लागेको छ,’ उनले भनिन्, ‘सुत्केरी हुनका लागि तराईका जिल्ला जानुपर्दा आर्थिक भार त पर्छ नै चिसो ठाउँमा बसेका मान्छेलाई गर्मीका कारण पनि असहज हुन्छ । जिल्लामै सेवा पाए हावापानी अनुकूल हुनुका साथै खर्च पनि कम हुन्थ्यो । चाँडोभन्दा चाँडो जिल्ला अस्पतालबाटै सेवा सञ्चालन हुनुपर्छ ।’

जिल्ला अस्पताल प्रशासनका अनुसार विगत १० वर्षदेखि ‘निक साइमन’ नामक गैरसरकारी संस्थाको सहयोगमा प्रसूति शल्यक्रियाका लागि आवश्यक जनशक्ति व्यवस्थापन हुँदै आएको थियो ।

उक्त संस्थाले एमडीजीपी चिकित्सक, मेडिकल अधिकृत, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, बायोमेडिकल टेक्निसियन र एनेस्थेसिया असिस्टेन्ट गरी छ जना जनशक्ति व्यवस्थापन गर्दै आएको थियो ।

निक साइमनको परियोजना समाप्त भएपछि आवश्यक जनशक्तिको अभावमा सिजेरियन सेवा बन्द भएको जिल्ला अस्पताल तेह्रथुमका सूचना अधिकारी महेन्द्रकुमारी खड्काले बताइन् ।

उनका अनुसार सामान्य अवस्थामा जिल्ला अस्पतालमा महिनामा ३० देखि ३५ जनासम्मले प्रसूति सेवा लिने गरेका थिए तर असार मसान्तदेखि सिजेरियन सेवा बन्द भएपछि चालु महिनामा हालसम्म छ जनाले मात्रै अस्पतालबाट प्रसूति सेवा लिएका छन् ।

सिजेरियन सेवा आवश्यक पर्ने गर्भवतीलाई पाँचदेखि छ घण्टाको सडक यात्रापछि मात्र तराईका सुविधासम्पन्न अस्पतालमा पुर्‍याउनुपर्ने भएकाले जोखिम मोल्न नचाहने सेवाग्राही जिल्ला अस्पतालमा प्रसूति सेवा लिन नआउने गरेको उनले बताइन् ।

आर्थिक वर्ष २०८२/८३ मा जिल्ला अस्पताल तेह्रथुमबाट ४४ जनाको शल्यक्रियामार्फत प्रसूति गराइएको थियो ।

हाल प्राकृतिक रूपमा हुने प्रसूतिबाहेक कृत्रिम औषधि प्रयोग गर्नुपरेमा पहिलो सन्तान ‘अप्रेसन’बाट सुत्केरी गराइएका गर्भवतीलाई जिल्ला बाहिरका अस्पतालमा ‘रेफर’ गर्ने गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. खड्गलाल पयाङ्गु लिम्बूले बताए ।

उनका अनुसार सिजेरियन सेवा पुनः सञ्चालनका लागि एमडिजिपी चिकित्सक उपलब्ध गराउन जिल्ला अस्पतालले प्रदेश स्वास्थ्य मन्त्रालयसँग माग गरिरहेको छ ।

एनेस्थेसिया सेवाका लागि आवश्यक जनशक्ति भने अस्पताल विकास कोषबाट व्यवस्थापन गर्ने तयारी भइरहेको उनले बताए ।

जिल्ला अस्पतालमा तेह्रथुमका अतिरिक्त छिमेकी जिल्ला सङ्खुवासभाको मादी, मूलखर्कलगायत क्षेत्रबाट समेत सेवाग्राही प्रसूति सेवा लिन आउने गरेका छन् ।

Tags: #तेह्रथुमअस्पताल
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए
समाचार

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

by टाकुरा न्यूज । इटहरी
अशोज ८, २०८३
0

धरान : नेपाली कांग्रेस धरान उपमहानगर समितिका निर्विरोध निर्वाचित सभापति नरेन्द्रकुमार राई ‘प्रवीण’ नेतृत्वको ३७ सदस्यीय कार्यसमितिले शपथ ग्रहण गरी...

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय
FEATURE BREAKING

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

by माधव पोख्रेल
अशोज ८, २०८३
0

उदयपुर : चार दशकदेखि सुनसरीको बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुमा बस्दै आएका बुद्धिमान् माझीको अहिले आफ्नै नाममा जमिन छैन । सप्तकोशीको बाढी...

बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा  ५३ उजुरी

बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा ५३ उजुरी

अशोज ८, २०८३
काँग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत

काँग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत

अशोज ८, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

बुधबार कोशीमा एकैदिन २७ सवारी दुर्घटना, एक जनाको मृत्यु

अशोज ८, २०८३
उदयपुरका आठवटै पालिकामा काँग्रेस अधिवेशन सम्पन्न (नामावलीसहित)

उदयपुरका आठवटै पालिकामा काँग्रेस अधिवेशन सम्पन्न (नामावलीसहित)

अशोज ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

अशोज ८, २०८३
सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३
बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा  ५३ उजुरी

बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा ५३ उजुरी

अशोज ८, २०८३
काँग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत

काँग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत

अशोज ८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.