Friday, September 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

अदुवाले बदलिँदै किसानको आम्दानी, इलाममा ३ हजार हेक्टरभन्दा बढीमा खेती

रासस by रासस
साउन २४, २०८३
in विविध, समाचार
0
अदुवा खेतीले बढायो इलामका किसानको जीवनस्तरमा परिवर्तन
59
SHARES
Share on FacebookShare on Twitter

इलाम : माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर रु तीन लाख १५ हजार हात पारे ।

अदुवाको मुख्य उत्पादन (बच्चा) प्रतिमन (४० केजी) रु चार हजार ५०० का दरले बिक्री गरेका छन् । “गत वर्ष अदुवाको मूल्य थियो, उत्पादन पनि मनग्य भएकाले आम्दानी पनि प्रशस्त भयो,” उनले भने ।

पाँच रोपनीमा अदुवाखेती गरी ९० मन उत्पादन गरेका उनले २० मन बीउ राखेर बाँकी बेचे । उनले १२० मन उत्पादन हुने अपेक्षाका साथ यस वर्ष २० मन बीउ रोपेका छन् । उनले भने “पोहोरकै जस्तो मूल्य आयो भने यस वर्ष पाँच लाख बढी आम्दानी गर्नेछु ।”

माङसेबुङ–२ का अर्का किसान राजकुमार राईले गत वर्ष अदुवा बेचेर रु दुई लाख बढी आम्दानी गरे । पचास मन अदुवा रु चार हजारका दरले बेच्नुभएका उहाँले यस वर्ष २० मन रोपेका छन् । यस वर्ष आम्दानी बढाउने उनको लक्ष्य छ ।

“परिवारको घरखर्च र छोराछोरीको पढाइ खर्च अदुवाको आम्दानीले नै धान्ने गरेको छ,” उनले भने, “यस वर्षदेखि खेती बढाएकाले आउँदो वर्षदेखि केही रकम बचत हुनसक्छ ।”

माङसेबुङ–३ का किसान तेजु राईले यस वर्ष ६० मन अदुवा रोप्नुभएको छ । दश रोपनीमा व्यावसायिक खेती थालेकाे उनले यसअघि १० मन बीउ माटोमा उपयोग गरे ।

जिल्लाका किसान अदुवाप्रति आकर्षित भएकाले आफू पनि व्यावसायिक खेतीतर्फ अग्रसर भएको उनी बताउँछन् । आकर्षक आम्दानीका कारण धान र अन्य खेती छाडेर किसान अदुवाखेतीमा लागेका उनको कथन छ ।

उत्पादनका बेला प्रतिमन रु चार हजार ५०० सम्म पुगेको अदुवाको भाउ अहिले माउ प्रतिमन रु सात हजारसम्म पुगेको छ । बच्चा र माउको मनासिव मूल्य पाएपछि किसानहरु अदुवाखेतीतर्फ आकर्षित भएका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

माउ अदुवा झापाको धुलाबारीमा अहिले प्रतिमन रु सात हजारसम्म बिक्री हुने गरेको छ भने इलाममा छ हजारमा किनबेच भइरहेको स्थानीय व्यापारी राम जवेगूले बताए । “ उनले भने, “बच्चाबाट छुट्टै र माउबाट छुट्टै आम्दानी हुने भएकाले किसानलाई दोहोरो फाइदा छ ।”

यहाँका किसानले ठूलो (भैँसे), मझौला र साना गरी तीन किसिमका अदुवाखेती गर्दै आएका छन् । भदौसम्म माउ अदुवाको बिक्री हुने अदुवाको मुख्य उत्पादन कात्तिकदेखि जेठसम्म हुन्छ ।

जिल्लाको मुख्य व्यापारिक केन्द्र इलाम बजारका साथै बिब्ल्याँटे, मङ्गलबारे, गजुरमुखी, चतुरे, माङसेबुङ, पशुपतिनगर, दानबारी, हर्कटेलगायत बजारमा यहाँको अदुवा खपत हुने गरेको छ ।

केन्द्रका अनुसार इलाममा तीन हजार २२१ हेक्टर क्षेत्रमा व्यावसायिक अदुवाखेती हुँदै आएको छ । गत वर्ष यहाँ ५० हजार ६२० मेट्रिक टन अदुवा उत्पादन भएको थियो ।

Tags: #कृषिअदुवाइलाम
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए
समाचार

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

by टाकुरा न्यूज । इटहरी
अशोज ८, २०८३
0

धरान : नेपाली कांग्रेस धरान उपमहानगर समितिका निर्विरोध निर्वाचित सभापति नरेन्द्रकुमार राई ‘प्रवीण’ नेतृत्वको ३७ सदस्यीय कार्यसमितिले शपथ ग्रहण गरी...

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय
FEATURE BREAKING

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

by माधव पोख्रेल
अशोज ८, २०८३
0

उदयपुर : चार दशकदेखि सुनसरीको बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुमा बस्दै आएका बुद्धिमान् माझीको अहिले आफ्नै नाममा जमिन छैन । सप्तकोशीको बाढी...

बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा  ५३ उजुरी

बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा ५३ उजुरी

अशोज ८, २०८३
काँग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत

काँग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत

अशोज ८, २०८३
मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

बुधबार कोशीमा एकैदिन २७ सवारी दुर्घटना, एक जनाको मृत्यु

अशोज ८, २०८३
उदयपुरका आठवटै पालिकामा काँग्रेस अधिवेशन सम्पन्न (नामावलीसहित)

उदयपुरका आठवटै पालिकामा काँग्रेस अधिवेशन सम्पन्न (नामावलीसहित)

अशोज ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

काँग्रेस धरान नगर सभापतिमा प्रवीण राई, शपथ लिए

अशोज ८, २०८३
सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

सप्तकोशीले निरन्तर खेतीयाेग्य जमिन कटान, गरिबीकाे चपेटामा स्थानीय

अशोज ८, २०८३
बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा  ५३ उजुरी

बढ्दो लैङ्गिक हिंसाले बढायो चिन्ता, तीन महिनामा ५३ उजुरी

अशोज ८, २०८३
काँग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत

काँग्रेस इटहरीको उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी सर्वसम्मत

अशोज ८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.