Thursday, August 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

कोशीमा चट्याङको कहर : पाँच वर्षमा ६६ मृत्यु, २१८ घाइते

छैन प्रभावकारी मापन प्रणाली

रासस by रासस
साउन २८, २०८३
in FEATURE BREAKING, समाचार
0
झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु
54
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : वर्षायाम सुरु भएसँगै कोशी प्रदेशका पहाडी तथा तराई जिल्लामा चट्याङका घटना बढ्ने गरेका छन् । पछिल्लो पाँच वर्षमा कोशी प्रदेशमा चट्याङका कारण ६६ जनाले ज्यान गुमाएका छन् भने २१८ जना घाइते भएका छन् ।

गत असार १३ गते मध्यरात मुसलधारे पानी परिरहेका बेला इलामको रोङ गाउँपालिका–६, सलकपुरका ८८ वर्षीय कालुवीर मोक्तानको चट्याङ लागेर मृत्यु भयो । काठको बेरा र टिनको छानो भएको दुईतले घरको बरन्डामा बसिरहेका मोक्तानलाई राति करिब १ बजे चट्याङ लागेको थियो ।

त्यसैगरी, गत असार १४ गते सङ्खुवासभाको मकालु गाउँपालिका–१, चिर्खाङमा चट्याङ लागेर ३९ वर्षीया कुमारी राईको मृत्यु भयो ।

ठूलो वर्षा र हावाहुरी चलिरहेका बेला घरमा रहेको मिटर बक्स बन्द गर्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएकी राईलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुमतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

यी घटना चट्याङबाट हुने क्षतिका केही उदाहरण मात्र हुन् । बाढी र पहिरोजस्ता देखिने विपद्को तुलनामा कम चर्चा हुने चट्याङले पनि हरेक वर्ष ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याउँदै आएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पछिल्लो पाँच वर्षको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ देखि चालु आव २०८२/८३ को असारसम्म चट्याङका कारण ६६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४४ पुरुष र २२ महिला छन् । सो अवधिमा २१८ जना घाइते भएका छन् । घाइतेमध्ये ११५ पुरुष र १०३ महिला छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार पुरुषहरू बाहिरी काममा बढी संलग्न हुने भएकाले महिलाको तुलनामा पुरुष चट्याङको जोखिममा बढी पर्ने गरेका छन् ।

कार्यालयका अनुसार आव २०७८/७९ मा १५ जना, आव २०७९/८० मा १२ जना, आव २०८०/८१ मा १२ जना, आव २०८१/८२ मा १८ जना तथा चालु आव २०८२/८३ को असार २५ गतेसम्म नौ जनाको चट्याङका कारण मृत्यु भएको छ ।

पाँच वर्षको अवधिमा चट्याङबाट घाइते हुनेको संख्या सबैभन्दा बढी ओखलढुङ्गामा ४३ जना रहेको छ । भोजपुरमा ४०, उदयपुरमा ३३, खोटाङमा २७ र ताप्लेजुङमा १९ जना घाइते भएका छन् ।

त्यस्तै झापा र सुनसरीमा १३/१३ जना, धनकुटामा नौ जना, पाँचथर र मोरङमा आठ/आठ जना तथा सोलुखुम्बुमा छ जना घाइते भएका छन् । इलाम, तेह्रथुम र सङ्खुवासभामा भने उक्त अवधिमा चट्याङबाट घाइते भएको विवरण शून्य रहेको छ ।

चट्याङबाट मानिस मात्र नभई पशुधन र भौतिक संरचनामा समेत ठूलो क्षति हुने गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता थापाका अनुसार पाँच वर्षको अवधिमा चट्याङका कारण एक हजार ३२ वटा पशुचौपाया मरेका छन् । चट्याङका कारण लागेको आगलागीबाट प्रदेशका १७० वटा घर तथा गोठ जलेर नष्ट भएका छन् । त्यसबाट रु तीन करोड ७२ लाख ६५ हजार ३५० बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

बाढी र पहिरोको तुलनामा चट्याङका घटनाले कम चर्चा पाए पनि ग्रामीण क्षेत्रमा यसको जोखिम उच्च रहेको छ । गाउँघरका काठ र टिनले बनेका घरमा चट्याङबाट बच्ने ‘अर्थिङ’ जडान नहुने तथा जोखिमबारे पर्याप्त जानकारी नहुँदा क्षति बढ्ने गरेको छ ।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ विभागीय मौसमविद् विभूति पोख्रेलका अनुसार पछिल्ला केही वर्षयता मौसममा देखिएको अस्थिरता र जलवायु परिवर्तनको प्रभावका कारण मेघगर्जनसहित चट्याङका घटना बढ्दो क्रममा देखिएका छन् ।

“मनसुन तथा प्रि–मनसुन अवधिमा मौसममा अचानक परिवर्तन भई मेघगर्जन, हावाहुरी र वर्षासँगै चट्याङ पर्ने सम्भावना उच्च रहने भएकाले विशेष सतर्कता आवश्यक हुन्छ”, उनले भनिन् ।

चट्याङले विशेषगरी खुला स्थानमा रहेका मानिसलाई बढी प्रभावित गर्ने गरेको मौसमविद् पोख्रेलले बताइन् । खेतबारीमा काम गरिरहेका किसान, पशुचौपाया चराइरहेका गोठाला, जङ्गलमा घाँसदाउरा सङ्कलन गर्न गएका स्थानीय तथा खुला चौर, डाँडाकाँडा वा नदीकिनारमा रहेका व्यक्ति बढी जोखिममा पर्ने गरेका छन् ।

मौसम खराब हुने सङ्केत देखिएलगत्तै खुला स्थानबाट सुरक्षित आश्रयमा जानुपर्ने, अग्ला रुखमुनि नबस्ने तथा बिजुलीका पोल, टेलिफोनका तार, ट्रान्सफर्मर र अन्य धातुजन्य संरचनाबाट टाढा रहनुपर्ने उनको सुझाव छ । सकेसम्म पक्की भवनभित्र बस्ने, झ्याल–ढोका बन्द गर्ने, विद्युतीय उपकरणको अनावश्यक प्रयोग नगर्ने तथा मौसमसम्बन्धी सूचना र पूर्वानुमान नियमित रूपमा पछ्याउनुपर्ने उनले बताइन् ।

चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि व्यक्तिगत सावधानीसँगै विद्यालय, स्थानीय तह, समुदाय तथा सरोकारवाला निकायले नियमित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने मौसमविद् पोख्रेलको भनाइ छ । मौसमसम्बन्धी पूर्वसूचना प्रभावकारी रूपमा स्थानीयस्तरसम्म पुर्‍याउन सके मानवीय तथा भौतिक क्षति घटाउन सकिने उनले बताइन् ।

अभिलेख राख्न ‘लाइटनिङ डिटेक्सन नेटवर्क’ आवश्यक

चट्याङ कहाँ, कहिले, कति पटक र कति तीव्रतासहित परेको थियो भन्ने वैज्ञानिक अभिलेख राख्न ‘लाइटनिङ डिटेक्सन नेटवर्क’ आवश्यक मानिन्छ । कोशी प्रदेशमा यस्तो प्रणाली प्रभावकारी रूपमा सञ्चालनमा नहुँदा चट्याङका घटनाको विस्तृत र वैज्ञानिक अभिलेख राख्न चुनौती रहेको छ ।

जल तथा मौसम विज्ञान कार्यालय धरानका सूचना अधिकारी रूपक थापाका अनुसार प्रदेशभर चट्याङको स्थान, समय, आवृत्ति र तीव्रता मापन गरी अभिलेख राख्ने प्रणाली हाल सञ्चालनमा छैन । उनका अनुसार कोशी प्रदेशमा अहिले विराटनगर विमानस्थलमा रहेको ‘लाइटनिङ डिटेक्टर’बाट मात्रै सीमित रूपमा विवरण प्राप्त हुने गरेको छ ।

विमानस्थलको हवाई सेवा सञ्चालनसँग सम्बन्धित प्रयोजनका लागि जडान गरिएको उक्त उपकरणले विमानस्थल सञ्चालन अवधिमा मात्र रेकर्ड गर्ने भएकाले प्रदेशभरका चट्याङका घटनाको समग्र विवरण सङ्कलन गर्न पर्याप्त नरहेको थापाले बताए ।

धरानमा पनि ‘लाइटनिङ डिटेक्टर’ उपकरण रहेको छ । केही वर्षअघिसम्म सञ्चालनमा रहेको उक्त उपकरण अहिले बिग्रिएको अवस्थामा छ । आवश्यक मर्मत तथा स्तरोन्नति हुन नसक्दा उपकरण पुनः सञ्चालनमा आउन सकेको छैन ।

“धरान कार्यालयमा रहेको लाइटनिङ डिटेक्टर लामो समयदेखि बिग्रिएको कारण अहिले कोशी प्रदेशमा विराटनगर विमानस्थलबाहेक अन्यत्र चट्याङ मापन गर्ने प्रभावकारी प्रणाली छैन”, थापाले भने ।

कोशी प्रदेशमा चट्याङका अधिकांश घटना प्रि–मनसुन र मनसुन अवधिमा हुने गरेका छन् । तर प्रदेशका कुन क्षेत्रमा, कुन समयमा, कति पटक र कति तीव्रतासहित चट्याङ पर्‍यो भन्ने तथ्याङ्क नियमित रूपमा सङ्कलन गर्ने प्रणाली नहुँदा वैज्ञानिक अध्ययन तथा जोखिम विश्लेषणमा कठिनाइ भइरहेको छ ।

चट्याङको वैज्ञानिक अभिलेखले जोखिमयुक्त क्षेत्र पहिचान, पूर्वसूचना प्रणालीको विकास, विपद् व्यवस्थापन योजना निर्माण तथा जनधनको क्षति न्यूनीकरणका लागि महत्वपूर्ण आधार प्रदान गर्ने थापाले बताए ।

प्रदेशका विभिन्न जिल्लामा लाइटनिङ डिटेक्सन नेटवर्क विस्तार गरी नियमित सञ्चालनमा ल्याउन सके चट्याङसम्बन्धी तथ्याङ्क सङ्कलन, अनुसन्धान तथा पूर्वतयारीका काम अझ प्रभावकारी हुने उनको भनाइ छ ।

Tags: चट्याङ
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

कोशी प्रदेशमा बीमा पहुँच विस्तार गर्न कार्यदल गठनको तयारी
समाचार

कोशीमा कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले भने- सहकार्य महत्वपूर्ण रह्यो

by टाकुरा न्यूज । इटहरी
साउन २८, २०८३
0

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारलाई नेपाली कांग्रेसले पुर्‍याएको योगदान र सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त...

नगरसभा विवादपछि धरानले ल्यायो  २ अर्ब ७६ करोडको बजेट
FEATURE BREAKING

नगरसभा विवादपछि धरानले ल्यायो २ अर्ब ७६ करोडको बजेट

by टाकुरा न्यूज । इटहरी
साउन २८, २०८३
0

इटहरी : कार्यवाहक मेयर र वडाध्यक्षबीचको विवादका कारण झन्डै डेढ महिना रोकिएको धरान उपमहानगरपालिकाको बजेट अन्ततः नगरसभाबाट पारित भएको छ।...

कोसी टप्पुमा अर्नाको बथान

कोशी टप्पुमा बढ्दै पर्यटकको आकर्षण, अर्ना र प्रवासी चराले तान्दैछन् प्रकृतिप्रेमी

साउन २८, २०८३
इटहरीमा १० हजार बालबालिकाको आँखा जाँच्दै रोटरी, समस्या देखिएकालाई उपचारको पहुँचमा पुर्‍याइने

इटहरीमा १० हजार बालबालिकाको आँखा जाँच्दै रोटरी, समस्या देखिएकालाई उपचारको पहुँचमा पुर्‍याइने

साउन २८, २०८३
ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

साउन २७, २०८३

वर-पीपल जोगाउँदै पर्यटकीय गन्तव्य बनाउने अभियान

साउन २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेशमा बीमा पहुँच विस्तार गर्न कार्यदल गठनको तयारी

कोशीमा कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले भने- सहकार्य महत्वपूर्ण रह्यो

साउन २८, २०८३
नगरसभा विवादपछि धरानले ल्यायो  २ अर्ब ७६ करोडको बजेट

नगरसभा विवादपछि धरानले ल्यायो २ अर्ब ७६ करोडको बजेट

साउन २८, २०८३
कोसी टप्पुमा अर्नाको बथान

कोशी टप्पुमा बढ्दै पर्यटकको आकर्षण, अर्ना र प्रवासी चराले तान्दैछन् प्रकृतिप्रेमी

साउन २८, २०८३
इटहरीमा १० हजार बालबालिकाको आँखा जाँच्दै रोटरी, समस्या देखिएकालाई उपचारको पहुँचमा पुर्‍याइने

इटहरीमा १० हजार बालबालिकाको आँखा जाँच्दै रोटरी, समस्या देखिएकालाई उपचारको पहुँचमा पुर्‍याइने

साउन २८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    635 shares
    Share 254 Tweet 159
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    372 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.