Monday, September 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home पर्यावरण

कोशी टप्पुमा बढ्दै पर्यटकको आकर्षण, अर्ना र प्रवासी चराले तान्दैछन् प्रकृतिप्रेमी

रासस by रासस
साउन २८, २०८३
in पर्यावरण, भिजिट नेपाल, समाचार
0
कोसी टप्पुमा अर्नाको बथान
61
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित पर्यटनको सम्भावनाका कारण कोशी टप्पु पछिल्ला वर्षमा आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।

अन्तर्राष्ट्रिय महत्व बोकेको यस सिमसार क्षेत्रमा दैनिक रूपमा स्वदेशी तथा विदेशी पर्यटक कोशी टप्पु पुग्ने गरेका छन् । यो वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुरको बीचमा फैलिएको संरक्षित क्षेत्र हो ।

विसं २०३२ मा स्थापना भएको आरक्ष प्रारम्भमा १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको थियो । २०६१ मा मध्यवर्ती क्षेत्र थपिएपछि यसको क्षेत्रफल १७३ वर्ग किलोमिटर कायम भएको छ । सप्तकोशी नदीले बनाएको टापुमा अवस्थित यो आरक्ष नेपालमा प्राकृतिक रूपमा पाइने जङ्गली भैँसी (अर्ना) को मुख्य बासस्थानका रूपमा परिचित छ ।

आरक्षभित्र सप्तकोशीले बनाएका बालुवाका टापु, सिसौँ र खयरका वन, बसाइँसराइ गर्ने चराचुरुङ्गी तथा अति दुर्लभ खरमयूरका वासस्थान रहेका छन् । सन् १९८७ देखि रामसार सूचीमा सूचीकृत यस क्षेत्रमा घडियाल, मगरगोही, डल्फिन र विभिन्न प्रजातिका माछा पाइन्छन् । चराहरूको अत्यधिक विविधताका कारण कोशी टप्पुलाई चराहरूको राजधानी पनि भनिन्छ ।

नेपालको पर्यटन उद्योग नयाँ गन्तव्यको खोजीमा रहेका बेला वन्यजन्तु अवलोकन, पन्छी अवलोकन, फोटोग्राफी पर्यटन र इको टुरिजमका लागि कोशी टप्पु उत्कृष्ट गन्तव्यका रूपमा उभिएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षका रेन्जर अङ्कित पौडेलका अनुसार हिमाल, पहाड र तराईको विशिष्ट जैविक विविधता, लोपोन्मुख वन्यजन्तु, जलचर र पन्छीका कारण नेपाल प्रकृति प्रेमी, अनुसन्धानकर्ता र पर्यटकका लागि विश्वकै आकर्षक गन्तव्य बन्दै गएको छ ।

पछिल्ला वर्षमा आरक्षमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । आरक्ष कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा कूल ११ हजार ६०३ पर्यटकले आरक्ष भ्रमण गरेका थिए ।

तीमध्ये पाँच हजार ९२४ महिला र पाँच हजार ६७९ पुरुष थिए । भ्रमणकर्तामध्ये ११ हजार २१४ जना आन्तरिक पर्यटक, सार्क मुलुकबाट ८७ जना र अन्य मुलुकबाट ३०२ जना विदेशी पर्यटक रहेका थिए ।

सो वर्ष सबैभन्दा बढी फागुनमा एक हजार ६९३ पर्यटकले आरक्ष भ्रमण गरेका थिए । त्यसपछि चैतमा एक हजार ६२४, पुसमा एक हजार ४५७, असारमा एक हजार ३५३, वैशाखमा एक हजार २२६, कात्तिकमा एक हजार ७५, माघमा एक हजार ८८, मङ्सिरमा एक हजार ६६, जेठमा ७२२, भदौमा ६८५, असोजमा ४२० र साउनमा १९४ जना पर्यटक पुगेका थिए ।

चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म नौ हजार २४२ पर्यटकले आरक्ष भ्रमण गरिसकेका छन् । साउनमा ४९६, भदौमा ५४७, असोजमा ३२५, कात्तिकमा ५९१, मङ्सिरमा एक हजार ८९३, पुसमा ६४२, माघमा एक हजार ४९९, फागुनमा ६९७, चैतमा ६९१, वैशाखमा ७९१ र जेठमा एक हजार ७० पर्यटकले आरक्ष अवलोकन गरेका छन् ।

सप्तकोशी नदीको बहावसँगै फैलिएको हरियाली, दुर्लभ अर्नाको बथान, चराचुरुङ्गीको चहलपहल र जलचरको जीवन्त उपस्थितिले कोशी टप्पुलाई जैविक विविधताको अनुपम आश्रयस्थलका रूपमा स्थापित गरेको छ । जैविक विविधताको दृष्टिले नेपालकै महत्वपूर्ण संरक्षित क्षेत्रमध्ये एक मानिने यहाँ संरक्षणसँगै पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना समेत रहेको छ ।

सन् १९७६ को गणनामा कोशी टप्पुमा ६३ वटा अर्ना रहेका थिए भने सन् २०२१ को गणनाअनुसार सङ्ख्या बढेर चार सय ९८ पुगेको कोशी टप्पु वन्यजन्तु आरक्षका रेन्जर पौडेलले बताए । कोशी टप्पुमा ४२ प्रजातिका स्तनधारी, ५३५ प्रजातिका पन्छी, १४१ प्रजातिका माछा र ७७ प्रजातिका पुतली पाइन्छन् ।

विसं २०८० को गणनाअनुसार ३२ वटा खरमयूर तथा २०७९ को गणनाअनुसार १९ वटा डल्फिन अभिलेख गरिएको छ ।

कोशी टप्पुमा विशेषगरी साइबेरिया, चीन, मङ्गोलिया र मध्य एसियाबाट जाडो छल्न आउने प्रवासी चराहरूको ठूलो सङ्ख्या देखिन्छ ।

चराविज्ञ अनिस तिमल्सिनाका अनुसार कोशी टप्पु उत्तरी गोलार्धबाट आउने चराहरूको प्रमुख विश्रामस्थल हो । यदि चराहरूले विमानस्थल बनाउने हो भने नेपालमा उनीहरूको अन्तर्राष्ट्रिय विमानस्थल कोशी टप्पु नै हुन्थ्यो । उनले भने, हिउँदयाम सुरु भएपछि चराहरू यहाँ केही महिना बिताएर गर्मी सुरु हुनासाथ आफ्नै गन्तव्यतर्फ फर्कन्छन् ।

कोशी टप्पुको अर्को प्रमुख आकर्षण नेपालमा प्राकृतिक रूपमा पाइने एकमात्र जङ्गली भैँसी (अर्ना) को मुख्य बासस्थान हुनु हो । आरक्षका विशाल घाँसे मैदान अर्नाका लागि उपयुक्त आवास मानिन्छन् । घाँस चरिदिने, बीउ फैलाउने र खुला चरन क्षेत्रको संरक्षणमा अर्नाले महत्वपूर्ण भूमिका खेल्ने संरक्षणकर्मीहरू बताउँछन् ।

जङ्गली हात्ती, एकसिङ्गे गैँडा, निलगाई, चितल, रतुवा, लगुना, मलाह बिरालो, घडियाल, मगरगोही, अजिङ्गर, सुनगोहोरोलगायतका दुर्लभ प्रजाति पनि यहाँ पाइन्छन् । यस जैविक सम्पदाले कोशी टप्पुलाई अनुसन्धान, अध्ययन र प्रकृति पर्यटनका लागि विशिष्ट केन्द्र बनाएको छ ।

दुर्लभ अर्ना, प्रवासी चराचुरुङ्गी, जलचर र हरियालीले सजिएको कोशी टप्पु संरक्षण र पर्यटनलाई सँगसँगै अघि बढाउने नेपालको महत्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा स्थापित हुँदै गएको छ ।

आरक्षको वनस्पति विविधता पनि उत्तिकै समृद्ध छ । यहाँ सिसौँ, खयर, सेमल, कदम्ब, साज र बाँसलगायत नदी किनारका वन तथा विशाल घाँसे मैदान पाइन्छन् । यिनै घाँसे मैदान अर्ना, हरिण र नीलगाईजस्ता वन्यजन्तुको मुख्य आश्रयस्थल मानिन्छन् ।

स्थानीयका अनुसार कोशी टप्पुको जैविक विविधता, नदी प्रणाली, दुर्लभ वन्यजन्तु र स्थानीय संस्कृति नै यसको सबैभन्दा ठूलो सम्पत्ति हो । यी सम्भावनालाई योजनाबद्ध रूपमा पर्यटन उत्पादनमा रूपान्तरण गर्न पूर्वाधार विकास, प्रभावकारी प्रचारप्रसार र संरक्षणलाई सँगसँगै अघि बढाउन आवश्यक रहेको स्थानीयको भनाइ छ ।

इटहरीबाट साथीहरूसँग घुम्न आएकी सरिता श्रेष्ठले कोशी टप्पुको प्राकृतिक सौन्दर्य, चराचुरुङ्गी अवलोकन तथा हात्ती र अर्ना हेर्ने अवसर विशेष आकर्षण भएको बताइन् । फुर्सदको समयमा हामी प्रायः यहाँ साथीहरूसँग आउने गर्छौं उनले भनिन् ।

स्थानीय होटल व्यवसायी लोकबहादुर मगरका अनुसार कोशी टप्पुको पर्यटन विकास अझै प्रारम्भिक चरणमै छ । सीमित आवास सुविधा, कमजोर सडक पहुँच, अन्य पर्यटकीय पूर्वाधारको अभाव, प्रभावकारी प्रचारप्रसार नहुनु र पर्याप्त लगानीको कमीका कारण आरक्षको वास्तविक पर्यटन सम्भावनाको पूर्ण उपयोग हुन सकेको छैन ।

उनका अनुसार कोशी टप्पुमा जङ्गल सफारी, प्रकृति पदयात्रा र स्थानीय संस्कृति अनुभव गर्ने गतिविधिप्रति पर्यटकको रुचि बढ्दै गएको छ । परिवारसँग बसेर ग्रामीण जीवनशैली, परम्परागत खानपान र संस्कृतिको अनुभव गर्न सकिने भएकाले कोशी टप्पु आसपासमा व्यवस्थित होमस्टेहरू विस्तार गर्न सके पर्यटक आगमन अझ बढ्न सक्ने उनको भनाइ छ ।

Tags: #कोशीटप्पुकोसी टप्पुपर्यावरण
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी
विविध

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

धरान : कोशी प्रदेशमा हिमालदेखि तराईसम्म पर्यटनका लागि आवश्यक प्राकृतिक स्रोत र गन्तव्य भए पनि पर्यटकलाई लामो समयसम्म राखेर स्थानीय...

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न
विविध

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

by टाकुरा न्यूज । इटहरी
अशोज ११, २०८३
0

इटहरी : राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाको...

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा लागूऔषधसहित पाँच जना पक्राउ

अशोज ११, २०८३
बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

बाँसुरीको धुनमा गुञ्जिए दुई दर्जन कविता

अशोज ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

कोशीमा पर्यटनको सम्भावना, योजनाको खडेरी

अशोज ११, २०८३
राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

राष्ट्रिय जनसहयोग कलेजको १२औँ कलेज सभा सम्पन्न

अशोज ११, २०८३
उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

उदयपुर–भोजपुर जोड्ने सुनकोशीको पुल १० वर्षदेखि अलपत्र

अशोज ११, २०८३
विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

विराटनगरमा चेकिङ छल्न खोज्दा दुर्घटना, स्कोर्पियोमा भेटियो तीन सय ९८ किलो गाँजा

अशोज ११, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.