Thursday, October 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

नगरसभा विवादपछि धरानले ल्यायो २ अर्ब ७६ करोडको बजेट

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २८, २०८३
in समाचार
0
नगरसभा विवादपछि धरानले ल्यायो  २ अर्ब ७६ करोडको बजेट
60
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कार्यवाहक मेयर र वडाध्यक्षबीचको विवादका कारण झन्डै डेढ महिना रोकिएको धरान उपमहानगरपालिकाको बजेट अन्ततः नगरसभाबाट पारित भएको छ।

लामो समयको राजनीतिक र कार्यपालिकागत गतिरोधपछि पारित भएको धरानको नयाँ बजेटले तत्कालीन विवादको विषय बनेको सहकारीदेखि दीर्घकालीन खानेपानी, पूर्वाधार र रोजगारीसम्मका मुद्दालाई प्राथमिकतामा राखेको छ।

विवादित विषयमा सहमति जुटेपछि बिहीबार बसेको नगरसभाले आर्थिक वर्ष २०८३।८४ का लागि २ अर्ब ७६ करोड १९ लाख २७ हजार रुपैयाँको बजेट पारित गरेको हो।

अघिल्लो आर्थिक वर्षको तुलनामा यसपटक धरानको बजेट ५१ करोड ११ लाख ४४ हजार रुपैयाँले बढेको छ। गत आवमा उपमहानगरले २ अर्ब २४ करोड ७ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको थियो।

बजेटमा शहरी पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सहकारी व्यवस्थापन र सामाजिक विकासलाई प्रमुख प्राथमिकतामा राखिएको छ।

धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि चतरा–कोशी नदीबाट पानी आपूर्ति गर्ने संघीय सरकारको योजनामा साझेदारी गर्न उपमहानगरले ३ करोड ११ लाख रुपैयाँ विनियोजन गरेको छ।

शहरी योजना तथा भौतिक पूर्वाधारतर्फ भने ९९ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ। यसबाट खाल्डाखुल्डीमुक्त नगर कार्यक्रम, भानुचोक सौन्दर्यीकरण तथा स्थायी स्टेज निर्माण र धरान सभागृह निर्माणलगायतका काम गरिने भएको छ।

यसपटकको बजेटमा सबैभन्दा बढी चर्चा पाएको विषय हो— संकटग्रस्त सहकारी व्यवस्थापन। यसका लागि मात्रै आर्थिक विकास शीर्षकअन्तर्गत ५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

यही बजेटलाई लिएर कार्यवाहक मेयर आइन्द्रविक्रम बेघा र केही वडाध्यक्षबीच विवाद चर्किएपछि नगरसभा अनिश्चित बनेको थियो। पछि दुवै पक्षले आत्मालोचना गर्दै सहमतिमा पुगेपछि बजेट पारित गर्ने बाटो खुलेको हो।

आर्थिक विकासतर्फ कुल ६ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ। यसबाट कृषि, पशुपालन, पर्यटन, उद्योग, उद्यम तथा रोजगारीसम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ।

यसैगरी शिक्षा, युवा तथा खेलकुदका लागि ४९ करोड ८६ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएको छ। यसमा संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानसमेत समावेश छ।

खासगरी बजेटमा एउटा सामुदायिक विद्यालयलाई स्कुल बस उपलब्ध गराउने कार्यक्रमसमेत राखिएको छ।

स्वास्थ्य क्षेत्रमा १२ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसमध्ये धरान अस्पताल सञ्चालनका लागि २ करोड तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने कार्यक्रमका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ।

धरानका २० वटै वडाका लागि प्रशासनिक, कार्यक्रम तथा पुँजीगत शीर्षकमा २६ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो अघिल्लो वर्षको तुलनामा ५ करोड रुपैयाँ बढी हो।

अघिल्लो वर्षको भुक्तानी बाँकीसमेत समेट्दा वडा कार्यालयतर्फको कुल विनियोजन २८ करोड ७० लाख ९४ हजार रुपैयाँ पुगेको छ।

नगरको आय २ अर्ब ७६ करोड पुग्ने अनुमान

उपमहानगरले आगामी आर्थिक वर्षमा आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड ९४ लाख ८८ हजार रुपैयाँ उठाउने लक्ष्य लिएको छ।

यस्तै संघीय सरकारको अनुदानबाट ८६ करोड १९ लाख, प्रदेश सरकारको अनुदानबाट ९ करोड १६ लाख ४८ हजार, राजस्व बाँडफाँटबाट ३२ करोड ८८ लाख ९१ हजार, सडक बोर्डबाट १ करोड र गत वर्षको मौज्दातबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

Tags: #धरान उपमहानगरपालिकाबजेटबजेट भाषण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३
FEATURE BREAKING

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

by टाकुरा न्यूज । इटहरी
अशोज २८, २०८३
0

विराटनगर : सातै प्रदेशबीच विकास साझेदारी, साझा पूर्वाधार निर्माण र पारस्परिक लाभमा आधारित सहकार्यलाई संस्थागत गर्ने प्रतिबद्धतासहित ‘कोशी घोषणा–२०८३’ जारी गरिएको...

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा
समाचार

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

by टाकुरा न्यूज । इटहरी
अशोज २८, २०८३
0

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदको मतगणनामा चार हजार मत गन्दा राजीव कोइरालाले २ हजार ३१२ मत प्राप्त गरेका...

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

अशोज २८, २०८३
भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

अशोज २८, २०८३
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

भोजपुरमा भरुवा बन्दुक बरामद

अशोज २८, २०८३
परम्परागत रूपमा माटोले घर पोत्ने चलन हराउँदै

परम्परागत रूपमा माटोले घर पोत्ने चलन हराउँदै

अशोज २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

अशोज २८, २०८३
खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

अशोज २८, २०८३
विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

अशोज २८, २०८३
भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

अशोज २८, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    634 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    289 shares
    Share 116 Tweet 72
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    286 shares
    Share 114 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.