इटहरी : कोशी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सहभागी भएको छ ।
नेकपाबाट खिनु लङ्वा लिम्बूको नेतृत्वमा जीवन आचार्य, गीता तिम्सिना र गोम्बु शेर्पाले मन्त्री तथा सपना दर्जीले राज्यमन्त्रीका रूपमा शपथ लिएका छन् ।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङ्गले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मन्त्रिपरिषद् हेरफेरसँगै प्रदेश सरकारले मन्त्रीहरूको मन्त्रालयसमेत तोकेको छ ।
हिक्मतकुमार कार्की मुख्यमन्त्रीको जिम्मेवारीमा छन् । इन्द्रमणि पराजुलीले स्वास्थ्य मन्त्रालय, विदुरकुमार लिङ्थेपले आर्थिक मामिला तथा योजना मन्त्रालय र रामप्रसाद महतोले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यस्तै तिलचन पाठकलाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय, जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र गीता तिम्सिनालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मन्त्रिपरिषद्मा सपना परियारलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतमलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।












Discussion about this post