Wednesday, August 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

खोटाङ : तीन वर्षमा बन्नुपर्ने सबस्टेसन एक दशकमा पनि अधुरै, ठेकेदार सम्पर्कविहीन

रासस by रासस
भदौ ३, २०८३
in विविध, समाचार
0
खोटाङ : तीन वर्षमा बन्नुपर्ने सबस्टेसन एक दशकमा पनि अधुरै, ठेकेदार सम्पर्कविहीन
49
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : बाक्सिलास्थित सिम्पानीमा तीन वर्षभित्र निर्माण सक्ने भनिएको विद्युत् सबस्टेसनको निर्माण एक दशकसम्म पन अपुरै रहेको छ । तीन वर्षभित्र सम्पन्न गर्ने भन्दै भारतीय कम्पनीले २०७३ भदौमा निर्माणको जिम्मा लिएको थियो ।

सबस्टेनसका लागि लागि आवश्यक विद्युतीय उपकरण ल्याइए पनि निर्माण भने अपुरै रहेको हो । सबस्टेसन निर्माणस्थलमा कतिपय संरचनाको पिलर मात्र ठड्याएर ठेकेदार कम्पनी सम्पर्कविहीन भएको स्थानीय बासिन्दा माइतीराज राईले बताए ।

ठेकेदार कम्पनीले बुइपा–बाक्सिला ३३ केभी र ११ केभी प्रशारणलाईनको काम पूरा गरे पनि ट्रान्सफर्मर थप गर्ने र सबस्टेसन निर्माणको काम गरेको छैन ।

सबस्टेसनको बाँकी काम पूरा गराउन पटकपटक विद्युत् प्राधिकरण पुग्दा पनि सुनुवाइ नभएको केपिलासगढी गाउँपालिकाका प्रमुख समीर राईले बताए ।

“सबस्टेसनमा जडान गर्न विराटनगरमा खरिद गरेर राखिएका ट्रान्सफर्मरहरू निर्माणस्थलमा लगिएको छैन । निर्माणस्थल ल्याइएका उपकरणहरू पनि काम नलाग्ने भइसकेका छन्”, उनले भने, “यो विषय हाम्रो कार्य क्षेत्रभित्र पर्दैन । विद्युत् प्राधिकरणलाई पटकपटक जानकारी गराउँदा ध्यान दिएको छैन । यसको मार उपभोक्ताले खेप्नु परिरहेको छ ।”

केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको उत्तरी क्षेत्रका सेवाग्राहीलाई लक्षित गर्दै बाक्सिलामा सबस्टेसन निर्माणको काम थालिएको थियो ।

बाँकी काम सम्पन्न हुँदासम्ममा सबस्टेसन निर्माण योजनाको कूल खर्च करिब रु ११ करोड पुग्ने प्राधिकरणले जनाएको छ ।

पटकपटक पेटी ठेकेदार परिवर्तन हुँदा केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित सिम्पानीमा निर्माणाधीन सबस्टेसन निर्माणको कामले गति लिन सकेको छैन ।

हाल, विकल्पहरूको खोजी भइरहेको नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्र खोटाङका प्रमुख धनराज विष्टले जानकारी दिए।

“ठेकेदार कम्पनीले नियमित काम गर्ने हो भने, सबस्टेसनको बाँकी काम सकिने धेरै समय लाग्दैन । तर, यो ठेकेदार कम्पनीले काम गर्ने अवस्था छैन”, उनले भने,”, “सिम्पानीमा निर्माणाधीन सबस्टेसन जसरी भए पनि सञ्चालनमा ल्याउनुपर्ने अवस्था छ ।”

उत्तरी क्षेत्रका दुई स्थानीय तहमा बुइपा सबस्टेसनबाट विद्युत् वितरण गरिएको छ । लामो दूरी भएकाले त्यहाँ पटकपटक विद्युत् अवरुद्ध हुने गरेको छ । बुइपा सबस्टेसनबाट उत्तरी क्षेत्रमा सिधै वितरण गरिएको विद्युत् पानी पर्दा, हावा चल्दा तथा चट्याङ पर्दा लामो समयसम्म अवरुद्ध हुने गरेको उपभोक्ताहरूले बताउँदै आएका छन् ।

यो वर्ष काम नगर्ने ठेकेदार कम्पनीसँगको सम्झौता तोडेर अर्को ठेक्कामार्फत भए पनि सबस्टेसन सञ्चालन गर्ने योजनामा प्राधिकरण छ । सम्झौता म्यादभित्र सबस्टेसनलगायत भौतिक संरचना निर्माणको काम नसकिएपछि प्राधिकरणका कर्मचारीसँगको मिलेमतोमा भेरिएसन गर्दै पटकपटक म्याद थप भएको पाइएको छ ।

ठेकेदार कम्पनीले प्राधिकरणसँग सबस्टेसनका लागि म्याद थप गरेपछि पुनः सम्पर्कविहीन हुने गरेको स्थानीहरू बताउँछन् ।

Tags: #खोटाङविद्युत्
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

तस्बिरमा हाङ्बोरुङ बेसी
FEATURE BREAKING

तस्बिरमा हाङ्बोरुङ बेसी

by टाकुरा न्यूज । इटहरी
भदौ ३, २०८३
0

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२, तमोर नदीको किनारमा अवस्थित हाङ्बोरुङ बेसी । तस्बिरः सन्तोष पुर्कुटी/रासस  

जनता माविलाई भाडा नबुझाएपछि रास्वपा कोसी प्रदेशका महामन्त्रीलाई जिम्मेवारीबाट हटाइयो
FEATURE BREAKING

सुनसरी घटनामा सांसद लालविक्रम थापाको भूमिकामाथि प्रश्न, छानबिन समितिको अनुसन्धान सिफारिस

by टाकुरा न्यूज । इटहरी
भदौ २, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडप स्थानीय विवादको परिणाम नभएको स्थलगत अध्ययन प्रतिवेदनले देखाएको छ। विवाद चर्किँदै जाँदा...

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

बिरालोले ल्याएको सर्प घरबाट निकाल्न खोज्दा युवतीलाई डस्यो, घरेलु उपचारमै ज्यान गयो

भदौ २, २०८३
३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

भदौ २, २०८३
रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

भदौ २, २०८३

इलामको काइलाटारमा पुल बनेपछि आवतजावत सहज

भदौ २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तस्बिरमा हाङ्बोरुङ बेसी

तस्बिरमा हाङ्बोरुङ बेसी

भदौ ३, २०८३
खोटाङ : तीन वर्षमा बन्नुपर्ने सबस्टेसन एक दशकमा पनि अधुरै, ठेकेदार सम्पर्कविहीन

खोटाङ : तीन वर्षमा बन्नुपर्ने सबस्टेसन एक दशकमा पनि अधुरै, ठेकेदार सम्पर्कविहीन

भदौ ३, २०८३
जनता माविलाई भाडा नबुझाएपछि रास्वपा कोसी प्रदेशका महामन्त्रीलाई जिम्मेवारीबाट हटाइयो

सुनसरी घटनामा सांसद लालविक्रम थापाको भूमिकामाथि प्रश्न, छानबिन समितिको अनुसन्धान सिफारिस

भदौ २, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

बिरालोले ल्याएको सर्प घरबाट निकाल्न खोज्दा युवतीलाई डस्यो, घरेलु उपचारमै ज्यान गयो

भदौ २, २०८३



लाेकप्रिय

  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    639 shares
    Share 256 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    304 shares
    Share 122 Tweet 76

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन