चतरा । बृहत्तर वराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्बर मन्दिर परिसरमा सम्र्पक कार्यालय खोलेको छ ।
कोशी प्रदेशका तीन जिल्ला सुनसरी, उदयपुर र धनकुटाका धार्मिक र पर्यटन क्षेत्रको प्रबद्र्धन, प्रचार प्रसार, आन्तकिर तथा बाहय पर्यटकहरुलाई सहज वाताबरण तिर्थ गर्न र चतरा देखि बराहक्षेत्र मन्दिर परिसर सम्म पुग्ने पुर्बाधार निर्माणमा समेत समितीले कामका सहजीकरण शुरु गरीसकेको बृहत्तर वराहक्षेत्र विकास समितिका कार्यकारी निर्देशक अबिजाल बिष्टले बताएका छन् ।
वराह मन्दिर र रामधुनी मन्दिर परिसरमा पनि सम्पर्क कार्यालय खोली भेटीघाटीलाई व्यवस्थित र पारदर्शी बनाउन लागिएको र यसका लागि डिजिटाईजेशन प्रकियामा जाने बिष्टले बताए ।
सुनसरी, उदयपुर र धनकुटाका मुख्य धार्मिक तथा पर्यटकीय ठाउँहरूको राम्रो व्यवस्थापन गर्न र दर्शनार्थीहरूलाई सूचना तथा सेवा दिनका लागि खोलिएको कार्यालयहरुले सहजीकरण गर्ने छन् ।
भेडेटार चोकमा रहेको डिस्प्लेमार्फत बृहत्तर बराहक्षेत्र विकास समितिले गरेका अनुकरणीय काम र धार्मिक पर्यटकीय क्षेत्रका तस्बिर प्रदेशन हुदै आएको छ ।
यस्तै, विराटनगर एयरपोर्टमा रहेको डिस्प्लेमार्फत पनि यस क्षेत्रका पर्यटकीय स्थलहरु रामधुनी, श्रीलङ्का टापु, कोशी करिडाेर क्षेत्र, बेलकाराजा बेलकारानी दरबार, मैनाराजा मैनारानी दरबार, खुवालुङ, कुम्भस्तम्भ, औलियामोठ, छिन्ताङदेखि, पाथिभरा मन्दिर, दन्तकाली, बुढासुब्बा मन्दिर, बिष्णपादुका मन्दिरलगायत पर्यटकीय क्षेत्रहरूलाई समेत डिस्प्लेमार्फत विभिन्न स्थानबाट हेर्न व्यवस्था गरिएको छ ।
धार्मिक पर्यटकीय सर्किट तयार गरी सुनसरीको रामधुनी हुदै श्रीलङ्का टापुबाट बेलका राजा बेलकारानी दरबार, महाकालथान मन्दिर हुँदै कोशी नदीको शुक्लाफाँट हुदै औलिया मोठ सम्मको एक सर्किट, औलियामोठ हुदै वराह मन्दिर, खुवालुङ, कोका सङ्गम, मैनाराजा मैनारानी र त्रिवेणीधाम र छिन्ताङ एक सर्किट लगायतका अन्य धार्मिक पर्यटक सर्किट बनाइसकिएको र सरोकारवालाहरूसँग छलफल भइरहेको पनि कार्यकारी निर्देशक विष्टले बताए ।
धरान र भेडेटार पुग्ने पर्यटकलाई वराहक्षेत्र र रामधुनीसम्म जोड्ने काम गर्नेछन् भने पूर्वी नेपालको मुख्य धार्मिक क्षेत्र भएकाले यहाँ विकास समितिको उपस्थिति रहँदा स्थानीय स्तरमा धार्मिक पर्यटनको अझ धेरै प्रचारप्रसार हुने देखिन्छ ।









![हामी नवौँ वर्षमा [प्रकाशकीय]](https://takuranews.com/wp-content/uploads/2026/09/Takura-9th-Anniversary-120x86.png)







Discussion about this post