Sunday, June 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

दैनिक ६ देखि ७ वटा बलात्कारका घटना, आधाजसो घटना गुपचुप, गृहमन्त्रीको जवाफ: चिन्ताजनक होइन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १६, २०७७
in समाचार
0
दैनिक ६ देखि ७ वटा बलात्कारका घटना, आधाजसो घटना गुपचुप, गृहमन्त्रीको जवाफ: चिन्ताजनक होइन

सांकेतिक तस्वीर ।

211
SHARES
Share on FacebookShare on Twitter

नेपालमा दैनिक ६ देखि ७ जना महिला बलात्कार तथा जबर्जस्ती करणीको सिकार हुने गरेको तथ्यांकले देखाएको छ । नेपाल प्रहरीले पीडित र पीडकका नाताका आधारमा तयार गरेको तथ्यांकले दैनिक ६ देखि ७ जना महिला बलात्कार तथा जबर्जस्ती करणीको सिकार हुने गरेको देखाएको हो । यो तथ्यांक प्रहरीमा उजुरी आएपछिको हो ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७५-७६ मा २ हजार ५ सय ७० वटा बलात्कार तथा जबर्जस्ती करणीका घटना भएका छन् भने गत आर्थिक वर्ष २०७६-७७ मा देशभर २ हजार ४ सय ४९ वटा बलात्कारका घटना भएको छ ।

यी दुवै आर्थिक वर्षको तथ्यांकले नेपालमा सरदरमा दैनिक ६ देखि ७ जनामाथि बलात्कार तथा जबर्जस्ती करणीका घटना भइरहेकोे देखाएको हो ।

तर, गृहमन्त्री रामबहादुर थापाले भने बलात्कारका घटना बढे पनि विश्वको स्थित हेर्दा नेपालको तथ्यांक चिन्ताजनक नभएको अभिव्यक्ति दिएका छन् ।

– आधाजसो घटना गुपचुप नै
– गृहमन्त्रीको जवाफ: चिन्ताजनक होइन

गृहमन्त्री थापाले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा धारणा राख्दै धनी देशका तुलनामा नेपालको अवस्था आत्तिनुपर्ने किसिमको नरहेको तर रोकथाम तथा न्यूनीकरण भने आवश्यक रहेको अभिव्यक्ति दिएका थिए । उनले विश्वका सवा २ सय देशको अवस्था विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको भनेका थिए ।

‘सवा २ सय कन्ट्रीको अवस्था विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने अवस्था होइन, सरकारका तर्फबाट न्यूनीकरणका प्रयासहरू भएका छन् र पछाडिबाट हेर्दा हामी टप १५ मा छौं,’ समिति बैठकमा गृहमन्त्री थापाले भनेका हुन् ।

थापाले अमेरिकालगायतका विकसित मुलुकको अवस्था नेपालको भन्दा खराब रहेको समेत भनेका छन् । ‘अमेरिका टप १० भित्र पर्छ, त्यहाँ बलात्कारका घटना प्रतिमिनेट ७ वटा हुने कुरा आएको छ,’ उनले भने ।

समितिको बैठकमै नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले समेत तथ्यांकले दैनिक ६ देखि ७ जनामाथि बलात्कार तथा जबर्जस्ती करणीका घटना भएको देखाएको बताएका छन् ।

उनले बलात्कार तथा जबर्जस्ती करणीका घटनामा ८२ प्रतिशत घटना आफन्तदेखि छिमेकी र चिनेजानेका व्यक्तिहरू नै बढी संलग्न हुने गरेको पाइएको बताए ।

पीडक र पीडितको नाताका आधारमा तयार तथ्यांकअनुसार हजुरबुवादेखि बुवा र झट्केलो बुवा, ससुरा, आमा छोरा, काका-मामा-ठूलोबुवा, चिनजानका व्यक्ति, छिमेकीसहित पारपाचुके भइसकेका श्रीमान् र चिन्दै नचिनेका व्यक्तिहरूबाट समेत महिलाहरू असुरक्षित रहेको देखाएको हो ।

आर्थिक वर्ष २०७६_७७ मा देशभर भएका २ हजार ४ सय ४९ वटा बलात्कारका तथ्यांकलाई हेर्दा चिने जानेका व्यक्तिबाटै ९ सय १५ अर्थात् सबैभन्दा बढी घटना भएको छ । सो आर्थिक वर्षमा प्रहरीमा पीडकका विरुद्ध २ हजार १ सय ४४ वटा मुद्दा दर्ता भएको छ ।

तथ्यांकअनुसार छिमेकीबाट सो आर्थिक वर्षमा ६ सय ७२ बलात्कारका घटना भएका छन् भने नचिनेका व्यक्तिहरूबाट ४ सय ९७ वटा घटना भएका छन् ।

यसैगरी, हजुरबुवाबाट ६, बुवा र झट्केलो बुवाबाट ४७, ससुराबाट ८, आमा र छोराबीच ३, काका÷मामा÷ठूलो बुवाबाट ४१, दाजुभाइ, काका, ठूलोबुवा र मामाका छोराबाट ३२, देवर-जेठाजुबाट १३ तथा श्रीमान्बाटै २६ वटा बलात्कारका घटना भएको तथ्यांकले देखाउँछ ।

तथ्यांकअनुसार गत आर्थिक वर्षमा नै घरमालिकबाट ३, केटा साथीबाट ९३, भिनाजुबाट ५, शिक्षकबाट ४५, पारपाचुके भएका श्रीमान्बाट २८, नचिनेका व्यक्तिहरूबाट ४ सय ९७ र नखुलेका व्यक्तिबाट ५ वटा घटना भएका छन् ।

तथ्यांकले सो आर्थिक वर्षमा सबैभन्दा बढी बलात्कारका घटना प्रदेश १ मा भएको देखाएको छ । जसअनुसार प्रदेश १ मा ५ सय ४२ घटना भएका छन् ।

यसैगरी, प्रदेश २ मा ३ सय ४२, बाग्मती प्रदेशमा २ सय ८४, गण्डकी प्रदेशमा १ सय ७३, प्रदेश ५ मा ३ सय ९९, कणार्ली प्रदेशमा १ सय ७७, सुदूरपश्चिम प्रदेशमा २ सय ३६ र उपत्यकामा २ सय ९६ वटा घटना भएको तथ्यांकले देखाउँछ ।

प्रहरी भने आफन्तबाट बढी सुरक्षित भइने विश्वास, घरभित्रका कुरा बाहिर नजाने भन्ने मानसिकता, आर्थिक प्रलोभनलगायतका कारणबाट घटना हुने गरेको बताउँछ । यी विभिन्न करणबाट घटना भए पनि आधाजसो घटना गुपचुप नै रहने गरेको र पटक पटकको आजीत व्यवहार, गर्भ रहने वा रहेको अवस्था र सम्बन्धमा इगो अथवा द्वन्द्वका घटना हुँदा घटना बाहिर आउने गरेको प्रहरी अधिकृतहरू नै बताउँछन् ।

प्रहरी महानिरीक्षक थापाले भने समिति बैठकमा हालको अवस्थालाई बढ्न नदिई नियन्त्रणमा राख्न प्रयास जारी रहेको धारणा राखेका थिए ।

‘यही अवस्थामा हामीले रोक्न सक्यौं भने कम्तीमा हामीले साउथ अफ्रिकाको नियती भोग्नुपर्दैन थियो कि भन्ने हो । हाम्रो चिन्ता र चाहना पनि कसरी कम गर्ने भन्नेमै छ, त्यसतर्फ ध्यान लगाइरहेका छौं,’ बैठकमा महानिरीक्षक थापाले भने ।

समितिले भने बलात्कारका घटनामा मेलमिलाप गराउनेहरूलाई मतियारका रूपमा लिएर कारबाही गर्न सरकारलाई निर्देशन दिइसकेको छ ।

गत बुधबार बझाङकी सम्झना कामीलगायत विभिन्न जिल्लामा भएका बलात्कारका घटनाका बारेमा गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीसँग छलफल गरेपछि समितिले यस्तो सो निर्देशन दिएको हो ।

समितिले बलात्कारको घटनाको अनुसन्धानमा संलग्न प्रहरीको पनि अनुसन्धान गर्ने व्यवस्था मिलाउन, बलात्कार घटनाको तत्काल परीक्षण गर्न सकिने प्रविधिसहितको उपकरणहरू प्रत्येक जिल्लाहरूमा उपलब्ध हुने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन गरिसकेको छ ।

महेश्वर गौतमले लेखेको यो समाचार राजधानी दैनिकबाट साभार गरिएको हो ।

Tags: #बलात्कार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले
विविध

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३१, २०८३
0

भोजपुर जिल्लाकाे भोजपुर नगरपालिकास्थित पर्यटकीय क्षेत्र सुन्तले । यो स्थल भोजपुर सदरमुकामबाट करिव १० किलोमिटर दुरीमा पर्दछ । तस्बिर :...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय
FEATURE BREAKING

झापामा मानव–हात्ती द्वन्द्व : दोहोरियो मृत्यु, समाधान अझै भएन

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३१, २०८३
0

झापा : झापामा मानव–हात्ती द्वन्द्वले फेरि एक जनाको ज्यान लिएपछि स्थानीयवासीको आक्रोश वन्यजन्तुतर्फ नभई समस्या समाधान गर्न नसकेका निकायहरूप्रति केन्द्रित...

इटहरीबाट बराहक्षेत्र गएका मामा–भाञ्जालाई सप्तकोशी नदीले बगायो, भाञ्जालाई बगाएछि मामा बचाउन गएका थिए

आस्थाको यात्रामै मोरङका धर्मप्रसादको जीवनयात्रा टुंगियो

जेष्ठ ३१, २०८३
ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन

भारतीय बजारमा नेपाली चिया रोकावट, किसानको भान्सा संकटमा

जेष्ठ ३१, २०८३
हात्तीबाट बाली जोगाउन विकल्प खोज्दै झापाका किसान

झापामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

जेष्ठ ३१, २०८३
‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

जेष्ठ ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले

जेष्ठ ३१, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा मानव–हात्ती द्वन्द्व : दोहोरियो मृत्यु, समाधान अझै भएन

जेष्ठ ३१, २०८३
इटहरीबाट बराहक्षेत्र गएका मामा–भाञ्जालाई सप्तकोशी नदीले बगायो, भाञ्जालाई बगाएछि मामा बचाउन गएका थिए

आस्थाको यात्रामै मोरङका धर्मप्रसादको जीवनयात्रा टुंगियो

जेष्ठ ३१, २०८३
ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन

भारतीय बजारमा नेपाली चिया रोकावट, किसानको भान्सा संकटमा

जेष्ठ ३१, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.