Thursday, September 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

कोशीका पहाडी जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा राेक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ८, २०८३
in FEATURE BREAKING, समाचार
0
कोशीका पहाडी जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा राेक
50
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । लगातारको वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेपछि कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा रातिको यात्रा, सवारी सञ्चालन तथा पदयात्रामा कडाइ गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार कोशी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउँदै जोखिम न्यूनीकरणका लागि विभिन्न निर्णय गरेका हुन् ।

धनकुटामा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । भोजपुरमा अत्यावश्यकबाहेक रातिको समयमा कच्ची सडकमा यात्रा नगर्न र सवारी चालकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

सङ्खुवासभामा मुख्य राजमार्गबाहेक भित्री कच्ची सडकमा साँझ ६ बजेपछि सवारी सञ्चालनमा रोक लगाइएको छ । नदी तथा खोलाको किनारमा रहेका होटल तथा रेस्टुरेन्टमा रातिको समयमा जमघट गर्न र माछा मार्नसमेत रोक लगाइएको प्रशासनले जनाएको छ ।

यसैगरी, ताप्लेजुङमा कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पदयात्रा तथा भ्रमणमा रहेका स्वदेशी तथा विदेशी पर्यटकलाई यात्रा स्थगित गरी सुरक्षित स्थानमा बस्न वा फर्किन आग्रह गरिएको छ ।

सोलुखुम्बुमा  पनि पहिरो तथा बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म ग्रामीण तथा भित्री सडकमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ । प्रशासनले नदी किनार तथा पहिरोको जोखिम भएका क्षेत्रमा सवारी पार्किङ नगर्नसमेत यातायात व्यवसायीलाई आग्रह गरेको छ ।

उदयपुर, खोटाङ, तेह्रथुम र पाँचथरमा समेत जोखिमयुक्त क्षेत्र पहिचान गरी स्थानीय बासिन्दालाई सतर्क रहन तथा अत्यावश्यकबाहेक लामो दूरी र रातिको यात्रा नगर्न आग्रह गरिएको छ ।

लगातारको वर्षाका कारण तमोर, अरुण, दूधकोशी लगायतका नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने र पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम बढेकाले प्रशासनले उच्च सतर्कता अपनाएको जनाएको छ । विपद्को सम्भावित जोखिम भएका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सर्नसमेत आग्रह गरिएको छ ।

कोशी प्रदेश सरकारले सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राख्दै सम्भावित जोखिमयुक्त क्षेत्रमा उद्धार तथा राहतका लागि आवश्यक तयारी गरिएको जनाएको छ ।

Tags: बाढीविपद्
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कांग्रेस इटहरीको सभापतिमा विकास केसी निर्विरोध निर्वाचित
FEATURE BREAKING

कांग्रेस इटहरीको सभापतिमा विकास केसी निर्विरोध निर्वाचित

by टाकुरा न्यूज । इटहरी
अशोज ८, २०८३
0

इटहरी : नेपाली कांग्रेस इटहरी उपमहानगर समितिको सभापतिमा विकास केसी निर्विरोध निर्वाचित भएका छन् । बुधबारदेखि सुरु भएको अधिवेशनअन्तर्गत बिहीबार...

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन
FEATURE BREAKING

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन

by टाकुरा न्यूज । इटहरी
अशोज ७, २०८३
0

विराटनगर : मौसम पूर्वानुमान महाशाखाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना औँल्याएसँगै कोशी प्रदेश सरकारले सम्भावित विपद् पूर्वतयारीलाई तीव्र बनाएको छ...

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

अशोज ७, २०८३
भीषण वर्षाको पूर्वानुमानपछि विराटनगरमा उच्च सतर्कता

भीषण वर्षाको पूर्वानुमानपछि विराटनगरमा उच्च सतर्कता

अशोज ७, २०८३
दर्ता भएका उद्योग सञ्चालन नहुँदा करेाडाैँ राजस्व गुम्दै, राेजगारीमा बाधा

दर्ता भएका उद्योग सञ्चालन नहुँदा करेाडाैँ राजस्व गुम्दै, राेजगारीमा बाधा

अशोज ७, २०८३
इटहरीमा एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद, प्रहरीलाई ठक्कर दिएर चालक फरार

इटहरीमा एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद, प्रहरीलाई ठक्कर दिएर चालक फरार

अशोज ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीका पहाडी जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा राेक

कोशीका पहाडी जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा राेक

अशोज ८, २०८३
कांग्रेस इटहरीको सभापतिमा विकास केसी निर्विरोध निर्वाचित

कांग्रेस इटहरीको सभापतिमा विकास केसी निर्विरोध निर्वाचित

अशोज ८, २०८३
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन

अशोज ७, २०८३
विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

अशोज ७, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.