Thursday, September 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

उदयपुरका आठवटै पालिकामा काँग्रेस अधिवेशन सम्पन्न (नामावलीसहित)

माधव पोख्रेल by माधव पोख्रेल
अशोज ८, २०८३
in समाचार
0
उदयपुरका आठवटै पालिकामा काँग्रेस अधिवेशन सम्पन्न (नामावलीसहित)
51
SHARES
Share on FacebookShare on Twitter

उदयपुर । नेपाली काँग्रेस उदयपुरले जिल्लाका आठवटै पालिकाहरुमा वडा अधिवेसन सपफलता पूर्वक सम्पन्न गरेको छ ।

नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उदयपुरका सबै स्थानीयतहमा नयाँ नेतृत्व चयन सम्पन्न छ । केन्द्रीय कार्यतालिकाअनुसार निर्धारित मिति र समय अनुसार बुधबार ८ वटै स्थानीयतहस्तरीय समिति गठनको क्रममा कतै सर्वसम्मत भएको छ भने कतै चुनावी प्रतिस्पर्धा अपनाउनु परेको छ ।

४ नगरपालिकामध्ये बेलकाबाहेक ३ वटामा सर्वसम्मत समिति गठन भएको छ । जस अनुसार त्रियुगा नगरपालिकामा प्रकाश खड्का सर्वसम्मत सभापति भएका छन् भने कटारी र चौदण्डीगढीमा क्रमशः पुस्कर खड्का र पर्बत दाहाल सभापति चयन भएका छन् । बेलकामा भने ४ जनाबीच चुनावी प्रक्रियामार्फत सभापतिमा टंक आचार्य निर्वाचित बनेका छन ।

काँग्रेस जिल्ला सभापति हिमाल कार्कीका अनुसार गाउँपालिकातर्फ लिम्चुङबुङमा हिक्मत राई सर्बसम्मत सभापति छानिदा रौतामाईमा सर्वसम्मत रुपमै घमानसिंह मगर सभापति चयन भएका छ्न । उदयपुरगढीमा चन्देश्वर श्रेष्ठको सभापतित्वमा समिति गठन हुँदा ताप्ली गाउँपालिकामा माधव रास्कोटी सभापतिमा चयन भएका छन ।

त्यसैगरी नेपाली कांग्रेस बेलका नगर कार्यसमितिको सभापतिमा टङ्क आचार्य निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न नगर अधिवेशनमा आचार्यले ८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो ।

सभापतिका अन्य उम्मेदवारमध्ये लभराज अधिकारीले ५६, राजेन्द्र तामाङले ४० र प्रेम अधिकारीले ८ मत प्राप्त गर्नुभयो ।
कुल २२४ मतदाता रहेको बेलका नगर कांग्रेसको निर्वाचनमा १८८ मत खसेको थियो।

आचार्यले निकटतम प्रतिस्पर्धी अधिकारीलाई २८ मतले पछि पार्दै नगर सभापतिको जिम्मेवारी हात पार्नुभएको हो ।

निर्वाचित आचार्यले अब बेलका नगरमा नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ बनाउँदै पार्टी गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी पाउनुभएको छ । उहाँ हाल बेलका नगरपालिका वडा नम्बर ३ को निर्वाचित वडा अध्यक्ष समेत हुनुहुन्छ ।

Tags: अधिवेशनकाँग्रेस
माधव पोख्रेल

माधव पोख्रेल

उदयपुरको गाईघाटमा रहेर साहित्यिक लेखन तथा पत्रकारिता गर्दै आएका पोख्रेल निजामती सेवाबाट अवकाशप्राप्त हुन् । उनी विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा आबद्ध छन् । अवकाशप्राप्तपछि पत्रकारिता यात्रा सुरु गरेका उनी टाकुरा न्यूजका लागि उदयपुर संवाददाता हुन् ।

Related Posts

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु
समाचार

बुधबार कोशीमा एकैदिन २७ सवारी दुर्घटना, एक जनाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज ८, २०८३
0

विराटनगर : कोशी प्रदेशका विभिन्न जिल्लामा २०८३ असोज ७ गते एकैदिन २७ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा एक...

कोशीका पहाडी जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा राेक
FEATURE BREAKING

कोशीका पहाडी जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा राेक

by टाकुरा न्यूज । इटहरी
अशोज ८, २०८३
0

विराटनगर । लगातारको वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेपछि कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा रातिको यात्रा, सवारी...

कांग्रेस इटहरीको सभापतिमा विकास केसी निर्विरोध निर्वाचित

कांग्रेस इटहरीको सभापतिमा विकास केसी निर्विरोध निर्वाचित

अशोज ८, २०८३
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन

अशोज ७, २०८३
भीषण वर्षाको पूर्वानुमानपछि विराटनगरमा उच्च सतर्कता

भीषण वर्षाको पूर्वानुमानपछि विराटनगरमा उच्च सतर्कता

अशोज ७, २०८३
दर्ता भएका उद्योग सञ्चालन नहुँदा करेाडाैँ राजस्व गुम्दै, राेजगारीमा बाधा

दर्ता भएका उद्योग सञ्चालन नहुँदा करेाडाैँ राजस्व गुम्दै, राेजगारीमा बाधा

अशोज ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

बुधबार कोशीमा एकैदिन २७ सवारी दुर्घटना, एक जनाको मृत्यु

अशोज ८, २०८३
उदयपुरका आठवटै पालिकामा काँग्रेस अधिवेशन सम्पन्न (नामावलीसहित)

उदयपुरका आठवटै पालिकामा काँग्रेस अधिवेशन सम्पन्न (नामावलीसहित)

अशोज ८, २०८३
कोशीका पहाडी जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा राेक

कोशीका पहाडी जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा राेक

अशोज ८, २०८३
कांग्रेस इटहरीको सभापतिमा विकास केसी निर्विरोध निर्वाचित

कांग्रेस इटहरीको सभापतिमा विकास केसी निर्विरोध निर्वाचित

अशोज ८, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.