प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा १ सय ४६ जना संक्रमित थपिएका छन् भने सुनसरीमा २३, झापामा २१, ते¥हथुममा २ र प्रदेश १ बाहिर ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १२३ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४७ महिला र ७६ पुरुष छन् ।
मोरङको सुन्दरहरैचामा ४ महिला र ५ पुरुष, पथरीशनिश्चरेमा २ महिला र ७ पुरुष, रंगेलीमा १ महिला र २ पुरुष, कटहरी र बुढीगंगामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीको इटहरीमा २ महिला र ७ पुरुष, धरानमा २ महिला र ३ पुरुष, दुहवीमा ३ पुरुष, हरिनगरमा २ पुरुष, गढी र रामधुनीमा १–१ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष रहेका छन् ।
यस्तै, झापाको मेचीनगरमा ४ महिला र ९ पुरुष, भद्रपुरमा २ महिला र २ पुरुष, कनकाईमा २, दमक र विर्तामोडमा १–१ पुरुष, ते¥हथुमको छथरमा १ महिला स्थानीय तह नखुलेका १ पुरुष र प्रदेश १ बाहिरमा ५ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ भने हालसम्म ३ हजार ४३८ जना डिस्चार्ज भएका छन् ।














Discussion about this post