विदेशमा राम्रो काममा पठाइदिन्छु भनी २ लाख रुपैया लिएर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
आफु एजेन्ट हो भनेर चिनाउने फरार भएका सुमन कार्की क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । क्षेत्रीको स्थायी ठेगाना कुस्मा नगरपालिका वडा नम्बर ११ भए पनि उनी ईटहरी उपमहानगरपालिका ४ मा बस्दै आएका थिए । ईलाका प्रहरी कार्यालय इटहरीको टोलीले असोज १६ गते उनलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कार्कीले भोजपुरको अरुण गाँउपालिका वडा नम्बर ५ याकु घर भएपनि हाल इटहरी ६ संगीत चोकका पुर्ण बहादुर राईलाई ठगी गरेर फरार भएका थिए । पीडित राईले २०७६ फागुन १९ गते दिएको जाहेरी ठगीमा मुद्दा दर्ता भएको थियो । पक्राउ परेका कार्कीलाई हिजो जिल्ला अदालत सुनसरीबाट अनुसन्धानको लागि म्याद थप भएको प्रहरीले जनाएको छ ।














Discussion about this post