रोट्रयाक्ट क्लब अफ धरान घोपाले ईमेल र सिभि लेखन तालिमको आयोजना गरेको छ ।
क्लबका सदस्यको व्यक्तित्व विकासका लागि विभिन्न तालिम आयोजना हुने र सोही अन्तरगत उक्त तालिमको आयोजना गरिएको हो । क्लबको ब्यक्तित्व बिकास निर्देशिका सबिता शाहले संयोजन गरेको उक्त कार्यक्रममा सुस्मिता सुनुवार , अमृता सदर र अन्जिला राई लगायतले सहजीकरण गरेका थिए ।
कार्यक्रमको मुख्य प्रशिक्षकको रुपमा डिस्ट्रिक्टको पूर्व सचिव अबिन रत्न तुलाधर रहेका थिए भने बिशेष अतिथिमा रोट्रयाक्ट क्लब अफ धरान घोपाको पूर्व अध्यक्ष दीपेन्द्र यादव रहेका थिए ।
उक्त तालिममा ५२ जनाको सहभागीता रहेको थियो । सहभागीहरुले उक्त कार्यक्रमले अाँँफूहरुमा सिभि लेखनको क्षमता बढेको बताएका थिए ।












Discussion about this post