Friday, April 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

स्ववियु निर्वाचन तोकिएको समयमा नहुने निश्चित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २, २०७६
in विविध, समाचार
0
स्ववियु निर्वाचन तोकिएको समयमा नहुने निश्चित
122
SHARES
Share on FacebookShare on Twitter

पटक–पटक स्थगन हुँदै आएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन यसपटक पनि निर्धारित समयमा नहुने भएको छ ।

विद्यार्थी सङ्गठनबीच निर्वाचन गर्ने बारेमा सहमति हुन नसक्दा त्रिविले यही फागुन १४ गतेका लागि तोकेको स्ववियु निर्वाचन निर्धारित समयमा नहुने निश्चित भएको हो । तोकिएको समयमा स्ववियु निर्वाचन नहुने निश्चित भएपछि यसपटक पनि निर्वाचनबारे थप अन्योल बढेको हो ।

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विद्यार्थी सङ्गठनका कारणले विगत १० वर्षदेखि नियमित हुनसकेको छैन । फागुन १४ गते नजिकै आउँदा न निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ न क्याम्पसले नै तयारी गरेका छन् । निर्वाचनका लागि त्रिविले सम्पूर्ण तयारी गरे पनि विद्यार्थी सङ्गठनबीच सहमति हुन नसक्दा निर्वाचन सार्नुको विकल्प नभएको त्रिविको विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले जानकारी दिए ।

त्रिविमा वि.सं. २०६५ यता क्याम्पसमा स्ववियु निर्वाचन हुनसकेको छैन । तीन वर्षअघि विसं २०७३ मा भएको निर्वाचन २५० क्याम्पसमा मात्र भएको थियो । प्रत्येक दुई(दुई वर्षमा हुने स्ववियु निर्वाचन निर्धा्रित समयमा हुन नसक्दा विद्यार्थी आन्दोलन नै शिथिल भएको छ । विद्यार्थी सङ्गठनबीच निर्वाचन प्रणाली, उमेरहदबन्दीका कारणले स्ववियु निर्वाचन विगत १० वर्षदेखि हुन नसकेको हो ।

उनका अनुसार नेपाल विद्यार्थी सङ्घ ले नयाँ शिक्षाध्यक्षको नियुक्त गर्नुपर्ने माग राखेपछि निर्धारित समयमा निर्वाचन गर्न नसकिने भएको हो । फागुन १४ गतेका लागि निर्धारण गरिएको निर्वाचनको कम्तीमा २० दिन पहिला निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने थियो । तर अहिलेसम्म पनि कार्यतालिका सार्वजनिक नगरिएकाले निर्वाचन तोकिएको समयमा नहुने निश्चित भएको हो ।

“यदि विद्यार्थी सङ्गठन सहमति गरेर आउँछन् भने अहिले पनि निर्वाचन गर्न सकिन्छ,” थापाले भने, “‘तर नेविसङ्घले नयाँ शिक्षाध्यक्ष नियुक्त नहुँदासम्म निर्वाचन प्रक्रियामा नै भाग नलिने भनेपछि निर्वाचन तोकिएको समयमा असम्भव भएको हो ।” विद्यार्थी सङ्गठनको सहमतिमा करीब एक महिना निर्वाचन सार्ने त्रिविको तयारी छ । त्रिविमा अहिले शिक्षाध्यक्ष रिक्त रहेकाले कायममुकाय शिक्षाध्यक्ष शिवलाल भुसाल रहेका छन् ।
थापाले विद्यार्थी सङ्गठनसँग पुनः छलफल गरेर नयाँ मिति तय गर्ने बताए । त्रिविले ६२ आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न क्याम्पस प्रमुखलाई पत्र पठाइसकेको थियो । पत्रअनुसार ती क्याम्पस स्ववियु निर्वाचनको तयारीमा जुटेका थिए । तोकिएको निर्वाचनका लागि यही फागुन ४ गतेदेखि निर्वाचन प्रक्रिया शुरु गर्ने प्रस्ताव गरिएको थियो ।

नेविसङ्घका महामन्त्री बलदेव तिमिल्सनाले अहिलेको त्रिविको गतिविधिले निर्वाचन हुन नसक्ने बताए । उनले आफ्नो सङ्गठन निर्वाचनका लागि जहिलेसुकै तयार रहेकाले निर्वाचनको वातावरण त्रिविले बनाउनुपर्ने बताए । “निर्वाचन गर्ने निर्वाचन समितिका संयोजकको पद रिक्त छ,” उनले भने, “निर्वाचन समितिका संयोजकबिनाको स्ववियु निर्वाचन हुन सक्दैन, संयोजक नियुक्त गरेर त्रिविले निर्वाचनको वातावरण बनाउनुपर्दछ ।”

अनेरास्ववियुका केन्द्रीय सदस्य आरसी लामिछानेले नेविसङ्घले शिक्षाध्यक्ष नियुक्तिमा बखेडा झिकेर १० वर्षपछि हुन थालेको निर्वाचनमा फेरि अन्योल गराएको बताए । उनले स्ववियु निर्वाचन नहुँदा विद्यार्थी आन्दोलनको साख गिरेकाले नेविसङ्घसँग छलफल गरेर निर्वाचन गर्नुपर्ने बताए । त्रिवि सभाका सदस्य तथा आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्र शाहीले फागुनमा निर्वाचन हुन नभएपछि चैतमा गर्ने भन्नेबारेमा छलफल भइरहेको बताए ।

त्रिविले वि.सं. २०७३ देखि निर्वाचन २८ वर्षे उमेरहदबन्दी र मिश्रित निर्वाचन प्रणाली गर्दै आइरहेको छ । रासस

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका चार जिल्लाबाट लागूऔषध ब्राउनसुगरसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको  छ । झापाको अर्जुनधारा नगरपालिका-११ स्थितबाट लागूऔषध...

कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?
FEATURE BREAKING

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

by टाकुरा न्यूज । इटहरी
बैशाख १०, २०८३
0

इटहरी : कोशी प्रदेशका विभिन्न क्याम्पसहरूमा विद्यार्थी संगठनका अफिस, झन्डा, ब्यानर तथा पर्चा–पम्प्लेट हटाउन प्रहरीले अभियान थालेको छ। शैक्षिक संस्थालाई...

पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३
संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

संघ सरकारको निर्णय अवज्ञा, खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

बैशाख १०, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

बैशाख ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

कोशीका चार जिल्लाबाट ब्राउनसुगरसहित आठ जना पक्राउ

बैशाख १०, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशी प्रदेशका क्याम्पसमा विद्यार्थी संगठनका अफिस र झन्डा हटाउन प्रहरी सक्रिय

बैशाख १०, २०८३
पर्यटकको पर्खाइमा भोजपुरको मुन्धुम पदमार्ग (फोटोहरूसहित)

मुन्दुम पदमार्गमा ११ देशका स्रष्टाहरूद्धारा पदयात्रा

बैशाख १०, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा जङ्गली हात्तीको प्रवेश, विद्युतीय घेराबेरा मर्मत अभाव

बैशाख १०, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1369 shares
    Share 548 Tweet 342
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    512 shares
    Share 205 Tweet 128
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    376 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.