प्रदेश १ मा आज थप ४८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिले दिनप्रति दिन भारी मात्रामा सङ्क्रमणको सङ्ख्या बढिरहेको छ ।
आज थपिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी मोरंगमा २३० जना, सुनसरीमा १४३, झापामा ३३, इलाममा १०, धनकुटामा ७, संखुवासभामा ६, उदयपुरमा ५, भोजपुर र ताप्लेजुङमा ४–४, खोटाङमा २, तेह्रथुम र ओखलढुङ्गामा १–१ र प्रदेश १ भन्दा बाहिरका ३९ जनामा सङ्क्रमण पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा १५२ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५१ महिला र १०१ पुरुष छन् । मोरङको सुन्दहरैचामा ४ महिला र १४ पुरुष, जहदामा ३ महिला र ११ पुरुष, बुढीगंगामा ६ महिला र ७ पुरुष, कानेपोखरीमा २ महिला र ७ पुरुष, ग्रामथानमा १ महिला र ६ पुरुष, कटहरीमा ३ महिला र ३ पुरुष, रतुवामाईमा १ महिला र २ पुरुष, पथरीशनिश्चरे र उर्लाबारीमा २–२ पुरुष, बेलबारीमा १ महिला र १ पुरुष, लेटाङमा १ महिला र स्थानीय तह नखुलेका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
यसैगरि, सुनसरीको धरानमा २७ महिला र ३३ पुरुष, इटहरीमा २४ महिला र ३५ पुरुष, इनरुवामा २ महिला र ४ पुरुष, हरिनगरमा ३ पुरुष, गढी, दुहवी र बर्जुमा २–२ पुरुष, बराहक्षेत्रमा १ महिला र १ पुरुष, देवानगञ्जमा २ महिला, भोक्राहा नरसिंहमा १ पुरुष र स्थानीय तह नखुलेका ४ पुरुष रहेका छन् । झापाको भद्रपुरमा १ महिला र १४ पुरुष, मेचीनगरमा ४ महिला र ३ पुरुष, दमक र विर्तामोडमा ४–४ पुरुष, गौरीगञ्ज, कनकाई र स्थानीय तह नखुलेका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
यस्तै इलामको इलाम नगरपालिकामा ७ पुरुष, सुर्योदय, चुलाचुली र स्थानीय तह नखुलेका १–१ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा १ महिला र ५ पुरुष, महालक्ष्मीमा १ पुरुष, संखुवासभाको सभापोखरीमा २ पुरुष, खाँदबारीमा १ पुरुष, चैनपुरमा १ महिला र स्थानीय तह नखुलेका २ पुरुषमा संक्रमण देखिएको छ । उदयपुरको त्रियुगामा २ पुरुष, कटारीमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, भोजपुरको भोजपुर र आमचोकमा १–१ पुरुष, टेम्केमैयुङमा १ महिला र स्थानीय तह नखुलेका १ पुरुष, ताप्लेजुङमा १ महिला र ३ पुरुष, खोटाङको दिक्तेलरुपाकोट मझुवागढी र स्थानीय तह नखुलेका १–१ पुरुष छन् ।
तेह्रथुमको लालीगुराँसमा १ पुरुष, ओखलढुङ्गाको चिशंखुगढीमा १ पुरुष र प्रदेश १ बाहिरका ११ महिला २८ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । यो वृद्धिसगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ हजार ३४१ पुगेको छ । प्रदेश १ मा आज ११३ जना डिस्चार्ज भएका छन् ।












Discussion about this post