काठमाडौं : ट्राफिक प्रहरीले काठमाडौंमा ट्याक्सी चढ्दा छुटेको एक व्यक्तिको ५० हजार नगदसहितको झोला खोजतलास गरी हस्तान्तरण गरेको छ।
शुक्रबार नयाँबानेश्वरबाट सोह्रखुट्टेसम्म जाने क्रममा बा २ ज ४६०७ नम्बरको टयाक्सीमा कार्यालयका अत्यन्तै जरुरी फाईल, नगद तथा अन्य महत्वपुर्ण कागजातसहितको कालो झोला छुटेको थियो।
झोला धनी लोकेन्द्र वलीले दिएको निवेदन अनुसार खोजतलास शाखाको सकृयतामा सो सामानसहितको झोला फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
Discussion about this post