इटहरी । इटहरीको जनता बहुमुखी क्याम्पसमा शुक्रबारबाट खेलकुद सप्ताह सुरु भएको छ । खेलकुद सप्ताहको औपचारिक उत्घाटन पुर्व क्याम्प ब्यबस्थापन समितिका अध्यक्ष बिश्व प्रसाद रिजालले कबडी खेलेर गरेका थिए ।
खेल सप्ताहमा १२ वटा खेल हुनेछ्न् । जसमा १० वटा खेल जनता क्याम्पस भित्रकै विद्यार्थीहरुमा हुने छ भने २ वटा खेल अन्य क्याम्पसहरुसंग प्रतिष्पर्धा हुनेछ ।
अन्तर क्याम्पस खेलमा फुटबल र भलिबल हुने र अन्य खेलहरु वाकाथुन, कबडी, बुद्धिचाल, ब्याटमिन्टन, एरोबिक नृत्य, म्याकाजोन, टग अफ वार, हाजिर जबाफ लगाएतका खेलहरु रहेका छ्न् ।
क्याम्पस प्रमुख भोजराज श्रेष्ठको सभाध्यक्षमा भएको कार्यक्रममा सयौँ विद्यार्थीहरुको सहभागीता रहेको थियो । इटहरी चोकबाट र्याली सहित क्याम्पस परिक्रमा गरेपछि कार्यक्रम सुरु भएको थियो ।
Discussion about this post