धरानमा आफ्नै भाउजूलाई डर, धम्की देखाएर जबरजस्ती करणी गर्ने एक देवर पक्राउ परेका छन् ।
धरान १६ निवासी पीडित महिलालाई जबरजस्ती करणाीको आरोपमा प्रहरीले धरान १५ का देवर नाता पर्ने सौगात दर्नाललाई पक्राउ गरेको हो । उनी पीडित महिलाको काका ससुराको छोरा हुन् ।
यस्तै, पीडित महिलाको आफ्नै देवर भने फरार भएका छन् । डीएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार पीडित महिलाले जाहेरी दिएपछि सौगातलाई पक्राउ गरिएको हो । अर्का देवर लक्ष्मण बिक भने फरार रहेका छन् ।
डर, त्रास देखाएर जबरजस्ती गरेका कारण पीडितले घटना बाहिर नल्याएको डीएसपी बस्नेतले जानकारी दिए ।














Discussion about this post