ईटहरी उपमहानगरपालिका ८ मा रहेको एक किराना पसलबाट ठुलो परिमाणको पटकासहित ३ जनालाइ प्रहरीले पक्राउ परेका गरेको छ ।
पक्राउ पर्नेहरुमा इटहरी ११ का २५ बर्षीय प्यारचन्द चौधरी, २३ बर्षीय गणेश चौधरी र किराना पसल संचालक ताहिर मिया रहेका छन् ।
मियाको किराना पसलबाट प्रतिबन्धित बिष्फोटक पदार्थ पटकाहरु भण्डारण, ओसारपसार तथा बिक्रिवितरण भईरहेको गोप्य सूचनाको आधारमा प्रहरीले आज दिउँसो छापा मारेको थियो ।
ईलाका प्रहरी कार्यालय ईटहरीको टोलीले ३३ बण्डल बिभिन्न किसिमका पटकाहरु बरामद गरेको छ । पटका सहित पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय ईटहरीमा राखी कानुनी कारवाही अगाडी बढाईएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।














Discussion about this post