जबरजस्ती करणी गरी फरार भएका मोरङको जदाहा गाउँपालिका ५ का वर्ष २४ का बिशाल सोनार ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले रंगेली नगरपालिका ७ मधुबनीबाट फरार रहेका ठाकुरलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।
पक्राउ परेका ठाकुरले गत साउन १ गते कटारी गाउँपालिका ३ स्थित खयरवना टोलको भित्री बाटोमा एक युवतीलाई प्रलोभनमा पारी करणी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post