सुनसरीको धरानका दुईजनासहित चारजनालाई झापाको मेचीनगर नगरपालिका ७ बाट प्रहरीले ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
एक घर भाडामा लिएर लागूऔषध बिक्री बितरण गरिरहेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाको टोलीले छापा मारेको थियो ।
पक्राउ पर्नेहरुमा लागूऔषध बिक्री बितरण गर्ने सिताराम आङदेम्बे, उनकी श्रीमती मनिषा मगर छन् भने लागूऔषध खरिद गर्न पुगेका धरान ५ का २४ बर्षीय कल्याण राई र धरान १६ का २४ बर्षीय रिजन लाकन्द्री रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले २८ ग्राम ब्राउसुगर, नगद १ लाख ३३ हजार रुपैयाँ र मोबाइल ३ थान समेत बरामद गरेको छ ।
पक्राउ परेका चारैजनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post