इटहरी । इटहरीमा क्यान्स सम्बन्धी जनचेतना कार्यक्रमको आयोजना हुने भएको छ ।
सोसियल रिकन्ड्रक्सन फाउन्डेशनले पछिल्लो समय देशमा क्यान्सर रोगी बढ्दै गएको भन्दै यसको निर्मूलीकरणका लागि जनचेतना कार्यक्रमको आयोजना राखेको संस्थाका अध्यक्ष राम निरौलाले बताए ।
उनले भने, धूँवा, धूलोका कारण पनि क्यान्सर रोग लाग्ने हुन सक्छ, यसको जनचेतना सँगै सावधानी अपनाउँनका लागि हामीले यो कार्यक्रमको आयोजना गरेका हौँ ।
निरौलाका अनुसार बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले क्यान्सर बारे जनचेतना गराउँनेछन् ।
विभिन्न कारणले क्यान्सर रोगीहरुको अवस्था भयावह बन्दै गएको भन्दै सचेतनाका लागि उक्त कार्यक्रमको आयोजना गर्न लागिएको बताईएको छ । कार्यक्रम आउँने शनिबार इटहरीको बगान होटलमा हुनेछ ।
Discussion about this post