सुनसरीको दुहवी नगरपालिका ३ बाट नियन्त्रित लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले दुहवी नगरपालिका ११ का २३ बर्षीय अनिल शाहलाई अवैध लागूऔषध १०० एम.एल.को डाईलेक्स डि.सी.२४ बोतल, नाईट्राभेट २९१ ट्याबलेट, नाईट्रोसन १२० ट्याबलेट र स्पास्मोप्रोक्सिभोन १८३ क्याप्सुल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका शाहको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post