प्रदेश १ मा आज थप १७५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
ती मध्ये सुनसरीमा ६१ जना छन् भने मोरङमा ५५, झापामा ३४, ताप्लेजुङमा ५, धनकुटा र संखुवासभामा २–२, खोटाङ, उदयपुर, इलाम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको इटहरीमा ३१, धरानमा १८, बर्जुमा ४, इनरुवा र रामधुनीमा ३–३, देवानगञ्ज र कोशी गाउँपालिकामा १–१ जना रहेका छन् ।
यस्तै, मोरङको विराटनगरमा १७, केराबारीमा १५, उर्लाबारीमा ८, बुढीगंगामा ५, बेलबारीमा ३, लेटाङमा २, कटहरी, पथरीशनिश्चरे र कानेपोखरीमा १–१ र स्थानीय तह नखुलेका २ जना रहेका छन् । झापाको विर्तामोडमा १२, दमकमा १०, शिवसताक्षी र हल्दिबारीमा ३–३, कनकाई र कमल गाउँपालिकामा २–२, मेचीनगर र अर्जुनधारामा १–१ जना छन् ।
ताप्लेजुङको फुङलिङमा २, मिक्वाखोला, श्रीजंगा र फक्ताङलुङमा १–१, धनकुटाको धनकुटा नगरपालिका र चौविसेमा १–१, संखुवासभाको सिलिचोङ र सभापोखरीमा १–१ जना संक्रमित थपिएका छन् ।
यस्तै, खोटाङको साकेला, उदयपुरको बेलका, इलामको माई र पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ६७७ पुगेको छ ।
त्यस्तै, प्रदेश १ मा आज ४९ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २१, विराट सामुदायिक भवन आईसोलेसनबाट १०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ९, मेची अस्पतालबाट ४, मारवाडी सेवा सदन आईसोलेसनबाट २, विराट मेडिकल कलेज, न्युरो अस्पताल र कालिसदन आईसोलेसनबाट १–१ जना डिस्चार्ज भएका हुन् ।
यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार ४५२ पुगेको छ ।













Discussion about this post