नेपाल आयुर्वेद औषधि व्यवसायी संघ १ नं. प्रदेशले सातदिने पातन्जल योग शिविर सन्चालन गरेको छ ।
आयुर्वेद व्यवसायी संघ प्रदेश १ का अध्यक्ष जगत बहादुर भट्टराईका अनुसार योग शिविर सँगै एकदिने नि:शुल्क आयुर्वेद स्वास्थ शिविर समेत सन्चालन गरेको हो ।
“स्थानीय ठाउँका १ सय ५१ जनाले उक्त शिविरबाट लाभ लिएका थिए,” उनले भने, “दीर्घ रोगीहरुका लागि पनि यसले सकारात्मक प्रभाव पारेको छ ।”
उनले उक्त कार्यक्रमको निरन्तरता सँगै प्रदेशभरीका सर्वसाधारणहरुलाई प्रत्यक्ष लाभ हुनेगरी शिविर आयोजना गरिने बताए ।
स्वास्थ्य शिविरमा डा. ईश्वर अधिकारी, डा. प्रकाश लिम्बू र डा. सर्वेन्द्र कुमार यादवले सहजीकरण गरेका थिए ।
त्यस्तै, सातदिने योग शिविरको प्रशिक्षण वरिष्ठ योगगुरु श्यामकुमार पौडेल र पातन्जल योग समितिका १ नं. प्रदेश अध्यक्ष गंगाप्रसाद ढकालले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ कि उपसभामुख सरस्वती पोखरेलले कोरोना महामरीको समयमा आयुर्वेद व्यवसायी फ्रन्टलाइनमा रहेर काम गर्नु सकारात्मक रहेको बताइन् ।
















Discussion about this post