इटहरी
इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले सडक क्षेत्राधिकार भित्र रहेको घर भत्काइदिएका छन् ।
इटहरी उपमहानगर वडा नं. १४ स्थित सडक क्षेत्राधिकार भित्रको एउटा घर शनिबार डोजर लगाएर भत्काएका हुन् ।
दुई बर्ष अगाडिदेखि पटक–पटक सूचना गर्दा पनि नभत्काएपछि वाध्य भएर बल प्रयोग गर्नुपरेको चौधरीले प्रतिक्रिया दिए । इटहरी उपमहानगरले सडक क्षेत्राधिकार कायम गरी क्षेत्राधिकार भित्रका संरचना हटाउने अभियान सुरु गरिएको र त्यसका लागि सूचना जारी गरिएको उनले बताए ।
प्रदेश स्वास्थ्य ऐन चाँडै ल्याइन्छ : मुख्यमन्त्री कार्की
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको स्वास्थ्य नीतिलाई व्यवस्थित गर्न प्रदेश स्वास्थ्य ऐन चाँडै ल्याउने बताएका छन् ।...
Discussion about this post