गएको पाँच दिन देखि ताप्लेजुङको फुङलिङ नगरपालिका ११ स्थित सिम्बु सामुदायिक वन क्षेत्रमा लागेको डेढलो अझै नियन्त्रण हुन सकेको छैन ।
ठुलो क्षेत्रफलमा फैलिएको डढेलो प्रसिद्ध धार्मिक स्थल पाथीभारा मन्दिर नजिकैसम्म पुगिसकेको छ । जसले गर्दा पाथीभारा मन्दिर पनि जोखिममा रहेको भन्दै चिन्ताहरुले चिन्ता प्रकट गर्न थालेका छन् ।
ठुलो वन क्षेत्रमा सुकेको रुख र पातहरु, हावाको बेग र पानीको अभावले गर्दा मानवीय प्रयासमा आगलागी नियन्त्रणमा आउन सम्भव नभएको ताप्लेजुङका सिडिओ झरेन्द्रप्रसाद चापागाईले जानकारी दिएका छन् । ‘मानिसले नियन्त्रण गर्नसक्ने अवस्था नै छैन, प्रयास चै भइरहेकै छ,’सिडिओ चापागाईले भने ।
‘जे जति गर्नसकिन्छ, गरेका छौं । फैलन नदिन प्रयास गर्यौं, तर हावा चलेपछि आगो फैलियो,’सिडिओ चापागाईले भने,‘त्यसक्षेत्रमा पानी छैन, मासिनले आगो निभाउन सम्भव देखिएको छैन, पानी नपरेसम्म आगो निभ्ने अवस्था भएन ।’ पाथीभारा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्धन समितिले हेलिकप्टरबाट पानी हाल्ने निर्णय गरेको छ ।














Discussion about this post