इटहरीमा एक पुरुषको शव फेला परेको छ ।
इटहरी–१० कर कार्यालय अगाडि कोशी राजमार्ग नजिकको नालामा एक पुरुषको शव फेला परेको हो ।
प्रहरीका अनुसार अन्दाजी ५०–५५ वर्षीय पुरुषको शव फेला परेको हो । सडकमा काम गर्ने मजदुरले शव देखेर प्रहरीलाई खबर गरेका थिए ।
पहिचान खुल्न नसकेको शवको पोस्टमार्टमको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।



















Discussion about this post