टाकुरा न्युज
Thursday, May 15, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मुख्यमन्त्री राईविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : फाल्गुन १६, २०७६
0
मुख्यमन्त्री राईविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर
490
SHARES
Share on FacebookShare on Twitter

दोलखाकी बालिका खड्का (राई) ले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी छिन्।

मुख्यमन्त्री राईले आफूमाथि घरेलु हिंसा, शारीरिक यातना र यौन दुर्व्यवहारको प्रयास गरेको भन्दै उनले शुक्रबार मुद्दा दायर गरेकी हुन्। खड्काले आरोपपत्रमा मुख्यमन्त्री राई आफ्नो पति भएको दाबी गर्दै आधा अंश माग गरेकी छन्।

‘मुलुकी देवानी संहिता, २०७४ को दफा ६७ अनुसार विपक्षी पति र म बीच एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गरी विवाह भएको हुँदा ऐ। संहिताको दफा २०५, २०६, २०९, २११, २१२, २१३ समेतका आधारमा प्रस्तुत फिराद गर्न आएकी छु,’ बालिकाले दायर गरेको मुद्दामा भनिएको छ,‘अंशबण्डा गर्ने सम्पत्तिको फाँटवारी देखाई फिराद गर्नु पर्नेमा विपक्षी जिम्माको सम्पत्ति मलाई हाल जानकारी नभएको र मसँग बण्डा गर्ने कुनै पनि सम्पत्ति नभएको हुँदा संहिताको दफा २२१, २२२, २२३, २२४, २२५ समेतका आधारमा बण्डा गर्ने सम्पत्तिको तायदाती फाँटवारी माग गरी फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी जम्मा सम्पत्तिलाई २ भाग गरी १ भाग अंश दिलाइ चलन चलाई पाऊँ।’

बालिकाले मुख्यमन्त्री राईलाई २०७१ सालदेखि चिनेको बताएकी छन्, जतिबेला राई नेकपा एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य थिए भने बालिका युवा संघ नेपालको केन्द्रीय सदस्य र महिला युथ फोर्सको केन्द्रीय सचिव। राईसँग पार्टीगत कामको सिलसिलामा भेटघाट बाक्लिदा माया बस्न गएको बालिकाले बताएकी छन्।

मुख्यमन्त्री राईसँग ‘लिभिङ टुगेदर’ गरी बसेको उनको जिकिर छ। राईले विद्यादेवी भण्डारी पहिलोपटक राष्ट्रपति नियुक्त भएको दिन बेलुका रात्रिभोजमा आफूमाथि मदिराको जोशमा यौन दुर्व्यवहार गर्न कोसिस गरेको आरोप बालिकाले लगाएकी छन्। उक्त घटनापछि राईले आफूलाई ‘हामी लोग्ने स्वास्नी हौं’ भनी फकाएकोसमेत उनले आरोपपत्रमा उल्लेख गरेकी छन्।

राई सूचना तथा सञ्चारमन्त्री हुँदा आफू तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निजी स्वकीय अधिकृतको रूपमा काम गरेको उनले जनाएकी छन्। त्यतिबेला राई र आफूबीच शारीरिक सम्पर्क कायम भएको उनले स्वीकारेकी छन्, तर विवाह दर्ता गर्न राईले नमानेको आरोप उनले लगाएकी छन्।

राईले आफूलाई २०७२ सालदेखि २०७४ सम्म काठमाडौं बूढानीलकण्ठ नगरपालिका गोल्फुटारमा डेरामा राखेको उनले खुलाएकी छन्। विवाहको लागि पटक(पटक आग्रह गरेपछि राईले आफूलाई २०७५ कात्तिक महिनादेखि उक्त डेराबाट निकाला गरिएको बालिकाले बताएकी छन्।

राई मुख्यमन्त्री भएपछि आफू पनि विराटनगर आउने जाने गरेको उनले दाबी गरेकी छन्। त्यहाँ पनि प्रहरीलाई भन्न लगाइभित्र छिर्न नदिएको उनले जनाएकी छन्। त्यसपछि आफूलाई जागिर र पार्टीको जिम्मेवारीबाट पनि निकालिएको बालिकाको दाबी छ।

आफूमाथि अन्याय भएको भन्दै पार्टीको दुवै अध्यक्षलाई भेट्न खोज्दा दुवै अध्यक्षले भेट नदिएको पनि उनले जनाएकी छन्। त्यसपछि आफूलाई झुटा आरोपमा प्रहरीलाई पक्राउ गरी कमलपोखरीमा थुनामा राखिएको र थुनामा जबर्जस्ती ‘शेरधन राई पति हो भन्दिनँ भन’ भनी दबाब दिएकोसमेत उनले खोलेकी छन्।

राईले पार्र्टीको सदस्यतासमेत निलम्बन गराइ आफूमाथि घरेलु हिंसा, शारीरिक तथा मानसिक यातनासमेत दिएको हुँदा बाध्य भई अदालतमा मुद्दा दायर गर्नुपरेको उनले जनाएकी छन्।

बालिकाले दर्ता गरेको मुद्दाको पेशी आउँदो चैत १७ गतेका लागि तोकिएको छ। नेपाल न्युजबाट

Related Posts

मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षणका लागि सर्वपक्षीय सहकार्य आवश्यक
समाचार

मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षणका लागि सर्वपक्षीय सहकार्य आवश्यक

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : जेष्ठ १, २०८२
0

विराटनगर : भौतिक पूर्वाधार विकास एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षणाका लागि सर्वपक्षीय सहकार्य र...

सिरुवाको शुभकामना दिदैँ मुख्यमन्त्री कार्कीले भने – ‘मौलिक पर्वहरूले देशविदेशमा रहेकाहरूलाई आकर्षित गर्छ’
FEATURE BREAKING

अचम्मको नियम : कोशीका मुख्यमन्त्री भेट्दा मोबाइल बोक्न नपाइने

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : जेष्ठ १, २०८२
0

इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेट्दा मोबाइल फोन बोक्न नपाइने भएको छ । कार्कीले आफूलाई भेट्न आउने मानिसले...

इटहरीमा करेन्ट लागेर एकको मृत्यु

मोरङ : विवाहमा गएका दुई महिलाको करेन्ट लागेर मृत्यु

प्रकाशित मिति : जेष्ठ १, २०८२
मोरङको बेलबारीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

मोरङको बेलबारीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

प्रकाशित मिति : जेष्ठ १, २०८२
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटकको चहलपहल

प्रकाशित मिति : जेष्ठ १, २०८२
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

पाँचथरमा आफैँले बोकेको भरुवा बन्दुक पड्किएर एकको मृत्यु

प्रकाशित मिति : जेष्ठ १, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षणका लागि सर्वपक्षीय सहकार्य आवश्यक

मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षणका लागि सर्वपक्षीय सहकार्य आवश्यक

प्रकाशित मिति : जेष्ठ १, २०८२
सिरुवाको शुभकामना दिदैँ मुख्यमन्त्री कार्कीले भने – ‘मौलिक पर्वहरूले देशविदेशमा रहेकाहरूलाई आकर्षित गर्छ’

अचम्मको नियम : कोशीका मुख्यमन्त्री भेट्दा मोबाइल बोक्न नपाइने

प्रकाशित मिति : जेष्ठ १, २०८२
इटहरीमा करेन्ट लागेर एकको मृत्यु

मोरङ : विवाहमा गएका दुई महिलाको करेन्ट लागेर मृत्यु

प्रकाशित मिति : जेष्ठ १, २०८२
मोरङको बेलबारीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

मोरङको बेलबारीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

प्रकाशित मिति : जेष्ठ १, २०८२



लाेकप्रिय

  • तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    2424 shares
    Share 970 Tweet 606
  • विराटनगरमा स्कुल हिँडेका बालकको गेटले किचेर मृत्यु

    2409 shares
    Share 964 Tweet 602
  • धरानमा ब्राउनसुगर र ट्याबलेटसहित तीन युवक पक्राउ

    1796 shares
    Share 718 Tweet 449
  • इटहरीकी दाहालको हत्या प्रकरण : मोटरसाइकलमा लगे, ब्यागको फिताले घाँटी कसे (भिडिओसहित)

    1189 shares
    Share 476 Tweet 297
  • तरहरामा ग्याङ फाइट, घाँटीमा धारिलो हतियार प्रहार

    1039 shares
    Share 416 Tweet 260
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana