अस्पतालमा नक्कली कर्मचारीको विवरण बनाएर ठगी गरेको आरोपमा प्रहरीले विराट मेडिकल कलेज टंकिशिनवारीका प्रमुख प्रशासकीय अधिकृतलाई पक्राउ गरेको छ ।
अस्पतालमा नभएका कर्मचारी देखाएर आर्थिक चलखेल गरेको आरोपमा कम्प्युटर शाखाका कर्मचारी राजनारायण चौधरीसहित प्रमुख प्रशासकीय अधिृकत सुधिरसिंह राठोर पक्राउ परेका हुन् ।
दुईजनालाई मंगलबार पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
४२ वर्षीय राठोर चार वर्ष देखि कलेजमा कार्यरत थिए । अस्पतालमा जागिरका लागि आवेदन दिएका पाँच कर्मचारी अस्पतालले काममा राखेको थिएन ।
तर अस्पतालमा बुझाएको कागजात देखाएर बैंक खाता खोलेको र मासिकरुपमा खातामा पैसा जम्मा गर्ने गरेको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
नक्कली कर्मचारी खडा गरी मेडिकल कलेजको पैसा चलखेलको उजुरी आएपछि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिएका छन् ।
नक्कली कर्मचारी नियुक्त गरेको कर्मचारीको नाममा माछापुच्छे्र बैंकमा खाता खोलेको प्रहरीले जनाएको छ ।














Discussion about this post