इटहरी : र्यापिट डायग्नोष्टिक टेष्ट (आरडीटि) इटहरीमा पनि शुरु भएको छ ।
प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय माफर्त ¥यापिड टेष्ट किट उपलब्ध भएपछि इटहरी अस्पतालमा आज मंगलबारदेखि कोरोना भाइरस (कोभिड–१९) को चेकजाँच गर्नका लागि सहज भएको हो ।
इटहरी अस्पतालका इमरजेन्सी विभागका प्रमुख रामकुमार धमलाका अनुसार आज ५९ जनाको आरडीटि गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । ४६ जना पुरुष र १३ जना महिलाको आरडीटि गरिएको थियो । भोलिबाट चेकजाँच गर्न थप सहज हुने बताईएको छ । उक्त ल्याव टेष्टमा तीनजना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् ।
कोशीको कटानले बगाउँदैछ बस्ती र जमिन
सुनसरी : सप्तकोशी नदीको बाढी र कटानका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित श्रीलङ्का टप्पुका बासिन्दा वर्षौंदेखि त्रासमा बस्दै आएका छन्।...
















Discussion about this post